मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

वागमती नदीको पुल मर्मतको काम थालियो

Ujyalosandeshonline 11540+ समाचार ( )
२८ माघ २०८१, सोमबार

रौतहट । रौतहट–सर्लाही जिल्लालाई जोड्ने पूर्व–पश्चिम राजमार्गमा पर्ने वागमती नदीको पुल सोमबारदेखि मर्मतको काम थालिएको छ । सर्लाहीबाट आउदा पाँच नम्बर रौतहटबाट जाँदा सात नम्बरको स्पर करिब ८ सेन्टिमिटरको भासिएको थियो । 

वागमती नदीको पुलको स्पर नै भासिएकाले तत्काल मर्मतको काम थालिएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख अरुणकुमार कर्णले बताए । उनका अनुसार अहिले सवारी साधनलाई डाइभर्सनबाट संचालनमा ल्याइएको छ ।

सवारी साधनलाई आइतबार साझदेखि डाइभर्सनबाट संचालन गरेसगै सोमबार बिहानबाट पुलको मर्मत कार्य पनि संचालनमा आइसकेको उनले बताए । अबको चार पाँच दिनमा मर्मत कार्य सम्पन्न गराएर पुल संचालनमा ल्याउने उद्देश्यबाट काम भइरहेको उनले जानकारी दिए ।

उनले ‘ब्यारिङ प्याडेस्टल’को मर्मत गरी पुुलको भाँसिएको भागलाई उठाएर मात्रै ढलान गरिने बताए  । पुलमा आधुनिक प्रविधिबाट उच्च गुणस्तरको कङ्क्रिट हालेर ढलान गरिने उनको भनाइ छ । पुलको ४–५ नम्वर स्पानको बीचमा बिम चर्किएर समस्या आएपछि केही दिनअघि  पुल महाशाखाको टोली आएर स्थलगत निरीक्षण गरेर दिएको रिपोर्टका आधारमा  मर्मत कार्य सुरु गरिएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । 

करिब ५५ बर्ष अघि नेपाल शोभियत संघ सहयोग अन्तर्गत वागमती नदीको पुल निर्माण भएको हो । पूर्व पश्चिम राजमार्गमा पर्ने पुल भएकाले यथाशिघ्र मर्मत गरेर  संचालनमा ल्याउने लक्ष्यका साथ जनशक्ति खटिएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार