मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

एमालेसँग मिलेर अघि बढ्न माधव नेपाल तयार !

Ujyalosandeshonline 12431+ समाचार ( )
१७ वैशाख २०८१, सोमबार

काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधव कुमार नेपालले आफ्नो ध्यान कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउनेतर्फ रहेको भन्दै पुराना कुरालाई भुलेर एमालेसँग नयाँ रुपमा हातेमालो गर्न आब्हान गरेका छन् ।

केपी शर्मा ओलीतर्फ संकेत गर्दै नेपालले कम्युनिष्टले ठूलो सरकार र पार्टी समेत राम्ररी चलाउन नसकेको बताए । उनले त्यसको समीक्षा गर्न अहिलेसम्म जाँगर आफूहरुमा नभएको उल्लेख गर्दै भने,‘गल्ती महशुस गर्न पर्छ कि, आत्मआलोचना गर्न पर्छ कि भनेर हामीलाई त्राहीमाम भएको छ । गल्ती हुनसक्छ । कुन ठूलो कुरो भो ? स्वीकार गर्ने र नदोहोर्याउने हो नि । अहिलेपनि विघटन(संसद) गरेको ठिक गरियो भनिदिने, संविधान मिचेर ठिक काम गरियो भनिदिने ?’

सोमबार पार्टी निकट अखिल नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले एमालेसँगको पुरानो कुरालाई भूलेर आफू नयाँ ढंगले हातेमालो गरेर अगाडि बढ्न तयार भएको बताए ।

‘अहिले पूरानो कुरा नगरौं भनेपनि ठिकै छ । कति पुराना कुरा मात्रै गर्ने ? नयाँ कुरा गरौं । नयाँ ढंगले जाऔं । हातेमालो गरौं । देश र जनतालाई केन्द्रविन्दुमा राखौं । यो सबै कुराहरुको सन्दर्भमा नै हामीले सोच्नुपर्ने आवश्यकता छ,’ नेपालले भने ।

उनले आफ्नो ध्यान कसरी कम्युनिष्ट पार्टी र आन्दोलनलाई नयाँ उचाइमा पुर्याउने भन्नेमा रहेको भन्दै कम्युनिष्ट पार्टी र आन्दोलनले नै देश र जनताको भलो गर्न सक्ने विश्वास आम जनतामा कसरी पुर्याउने भन्ने कुरामा कम्युनिष्टहरुको ध्यान केन्द्र्रीत हुनुपर्नेमा नेता नेपालले जोड दिए ।

फरक प्रसंगमा अध्यक्ष नेपालले देशको सबै क्षेत्रमा विकास निर्माणको कार्यलाई अनुगमन, मूल्यांकन र अनुसन्धान गर्ने प्रणालीलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले देश चलाउने बुद्धि विकास गर्नसके मात्र जनताले लाभ पाउने भन्दै सरकारप्रति कटाक्ष गरे । अध्यक्ष नेपालले देशमा ठिक समयम ठिक काम नभएको भन्दै टिप्पणी गरे ।

उनले विकास निर्माण कार्य गर्दा दबाबमा पर्ने प्रणालीको अन्त्य हुनुपर्नेमा जोड दिदै आफ्नो पार्टी देश विकासको सवालमा चिन्तित रहेको दाबी गरे ।

उनले पोखरा, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूणर् रुपमा सञ्चालन हुन नसकेको प्रति टिप्पणी गरे । विकास निर्माण कार्य आवश्यकता र प्रतिफल हेरेर भन्दा पनि दबाब र प्रभावमा पर्दा फाइदा उठाउन नसकिएको धारणा राखे ।

उनले आफ्नो पार्टी सरकारमा पद ओगट्नका लागि नगएको भन्दै आफ्ना मन्त्रीले सरकारमा हुँदा राम्रो काम गरेको जिकिर गरे । यस्तै उनले कार्यकर्ताहरुलाई पार्टी सत्ताको लागि नभएर जनता र देशको विकासको लागि भएको प्रस्ट्याउँदै सोही अनुसार काम गर्न आग्रह गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार