मुख्य समाचार
कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक |

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

Ujyalosandeshonline 12676+ समाचार ( )
१२ अशोज २०८३, सोमबार

बाजुरा । केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै यहाँको जनजीवन क्रमशः सामान्य लयमा फर्किँदै गएको छ । आइतबार आंशिक रुपमा सुधार भएको मौसम आजदेखि आकाश खुल्दै घाम लागेपछि जिल्लाका बजार, विद्यालय, सरकारी कार्यालय तथा यातायात सेवा पुनः नियमित हुन थालेका छन् ।

लगातारको वर्षाले प्रभावित जिल्लाभर लामो तथा छोटो दूरी सवारीसाधन पुनः सञ्चालन हुन थालेका छन् भने आजदेखि शैक्षिक संस्थाहरु पनि खुलेका छन् । यस्तै, वर्षाले अवरुद्ध बनेका केही ग्रामीण सडकमा पनि सवारीसाधन सञ्चालन सुरु भएको छ । वर्षाका कारण अवरुद्ध भएको साँफे–मार्तडी सडकखण्ड आइतबार नै पहिरो पन्छाएपछि यातायात पुनः सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मौसम सुधारसँगै किसानहरू पनि खेतबारीको काममा व्यस्त हुन थालेका छन् । वर्षाका कारण ग्रामीण क्षेत्रमा रोकिएको धान बाली काट्ने लगायतका दैनिक काम पुनः सुरु भएको स्थानीय वीरबहादुर बुढाले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले मौसममा बिस्तारै सुधार आउन थालेपछि यहाँको जनजीवन पनि सामान्य बन्दै गएको बताउनुभएको छ । उहाँका अनुसार जिल्लाबाट सञ्चालन हुने लामो तथा छोटो दूरीको यातायात आइतबारदेखि नै सुरु गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार