मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

क्यान्सर पीडित पत्रकार कवीन्द्र शेर्मालाई आर्थिक सहयोग

Ujyalosandeshonline 12437+ समाचार ( )
५ माघ २०८०, शुक्रबार

काठमाडौं । क्यान्सर पीडित पाँचथरका अग्रज पत्रकार कवीन्द्र शेर्मालाई दक्षिण कोरियाबाट आर्थिक सहयोग जुटेको छ । घाँटीमा क्यान्सर भई भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत शेर्माको उपचारका लागि किरात याक्थुङ पापोहाङ शेर्मा सङजुम्भो दक्षिण कोरियाको नेतृत्वमा संकलन गरिएको रकम प्रदान गरिएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को संघीय कार्यालय काठमाडौंमा आयोजित कार्यक्रमबिच उपचाररत शेर्मालाई ३ लाख ८७ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो । फोनिजका अध्यक्ष गजुरधन राई र सङ्जुम्भोका नेतृत्वहरूद्वारा संयुक्त रुपमा सहयोग हस्तान्तरण गरिएको हो । 

हस्तान्तरण गरिएको रकममध्ये ३ लाख ६० हजार रुपैयाँ रकम दक्षिण कोरियामा संकलन गरिएको हो भने बाँकी रकम नेपालमै संकलन गरिएको हो ।

पाँचथरमा रहेर लामो समदेखि पत्रकारिता गर्दै आएका शेर्माको घाँटीमा क्यान्सर भएको छ । उपचारका क्रममा अहिले किमो दिने काम भइरहेको छ । उपचारमा धेरै रकम लाग्ने भएपछि फोनिज लगायत विभिन्न संघ संस्थाले सहयोग अभियान सञ्चालन गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार