मुख्य समाचार
सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती |

व्यवसायीहरुलाई एमआरपी भएका सामान मात्र विक्री गर्न सुझाव

Ujyalosandeshonline 12433+ समाचार ( )
१९ श्रावण २०८२, आइतबार

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहालले व्यवसायीहरुलाई अधिकतम खुद्रा मूल्य (एमआरपी) भएका सामान मात्र विक्री गर्न सुझाव दिएका छन् । आइतबार ललितपुर उद्योग संघले आयोजना गरेको व्यवसायिक सचेनता गोष्ठीमा बोल्दै उनले व्यापारी र उद्योगपतिलाई एमआरपी लगाउने अधिकार रहेको भन्दै एमआरपी लगाएका बस्तुमात्र विक्री गर्न सुझाव दिएका हुन् । 

उनले भने, ‘एमआरपी अधिकतम खुद्रा मूल्य व्यापारी र उद्योगपति खुद्रा विक्रेता अथवा आयातकर्ता दुईवटाले मात्र एमआरपी लगाउन पाउँछन् । किनभने उनीहरुलाई त्यो अधिकार छ । आयातकर्ताको आयातित सामान र उद्योगीको उद्योगहरुमा उनीहरुको ट्रेडमार्ग हुन्छ ।’ उनल थप भने,‘ आफ्नो अधिकार हुन्छ । लगानी गरेका हुन्छन् । डिलर र खुद्रा विक्रेतालाई एमआरपी लगाउन भन्दैनौँ तर व्यवसायीहरुले एमआरपी लगाएका बस्तुमात्र विक्री गर्नुपर्छ । अन्यथा त्यो वस्तुलाई शंका गर्छौँ कतै यो वस्तु चोरीको त हैन ।’

उनले नेपालको ७० प्रतिशत अर्थतन्त्र अनौपचारिक बजारमा रमाइरहेकाले एमआरपीको विरोध भईरहेको भन्दै यसलाई लागू गर्न सके मात्र देशको अर्थतन्त्र तीन गुणाले बढ्ने बताए । 

‘अहिले ७० प्रतिशत अर्थतन्त्र अनौपचारिक हो । हामी त्यसैमा रमाइरहेका छौँ । त्यसैकारण हामी नीतिको विरोध गर्छौँ । एमआरपीको विरोध गर्छाँै । बिल, बिजक दिदैनाँै । सबैले हैन कसैकसैले दिँदैनन् । त्यसलाई न्यूनिकरण गर्न खोजेको हो । यदि एमआरपी लगाइयो र सबैले बिल, बिजक दिने हो भने देशको अर्थतन्त्र तीन गुणाले बढ्छ,’ उनले भने । 

यसैगरी राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रिय अध्यक्ष प्रेमलाल महर्जनले व्यापारिक कारोबार गर्ने व्यवसायिहरुलाई कानुनको दायरामा ल्याउने काम स्थानीय तहको रहेको भन्दै सबै व्यवसायलाइ दर्ता प्रक्रियामा ल्याउन अनुरोध गरे । 

‘दर्ता नभएका दुकान,प्रतिष्ठान अथवा अन्य व्यापारिक कारोबार गर्ने व्यवसायिहरुलाई कानुनको दायरामा ल्याउने, दर्ता प्रक्रियामा ल्याउने काम स्थानीय तह वा नगरपालिकाको हो । उद्योग वाणिज्य संघ मार्फत मैले भनेको छु, अब व्यवसायिहरुलाई दर्ता प्रक्रियामा ल्यानुस्,जोडिनुस् । यसमा नगरपालिकाहरु सजक र सचेत हुनुहोस्,’ उनले भने । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार