मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

‘प्राप्त उपलब्धिहरुको रक्षा गर्नु माओवादीको मुख्य कार्यभार’

Ujyalosandeshonline 12437+ समाचार ( )
९ श्रावण २०८१, बुधवार

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देश प्रतिगमनको खतरातिर जान सक्ने खतरालाई रोक्दै अहिलेसम्म प्राप्त उपलब्धिहरुको रक्षा गर्ने जिम्मेवारी माओवादीको काँधमा आएको बताएका छन् । 

बुधबार नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको ११ औं स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले समाजवाद उन्मुख समृद्धि निर्माण गरिरणनीतिक रुपमा समाजवादी क्रान्ति सम्पन्न गरेर नेपालमा समाजवाद निर्माण गर्ने कुरामा माओवादी केन्द्र स्पष्ट हुनुपर्ने बताए । 

राष्ट्रिय स्वाधिनता र हितको रक्षा गर्न सकेमात्र संस्थापक नेताहरुको सपना साकार हुने श्रेष्ठको भनाइ थियो । उनले भने, ‘हामीले आज समाजवादउन्मुख समृद्धि निर्माण गर्ने र रणनीतिक रुपमा समाजवादी क्रान्ति सम्पन्न गरेर नेपालमा समाजवाद निर्माण गर्ने कुरामा प्रष्ट हुनुपर्दछ । अहिले हामीसँग चार, पाँच वटा कार्यभारहरु छन् । संस्थपक नेता नरबहादुर कर्माचार्यको स्मृति दिवस मनाइरहँदा हामीले अगामि बाटो निर्धारण नगरि नहुने भएको छ ।

आज हामीले राष्ट्रिय स्वाधिनताको रक्षा गर्नुपर्नेछ, राष्ट्रिय हितको रक्षा गर्नुपर्नेछ । दोस्रो, अहिलेसम्म प्राप्त उपलब्धीहरुको रक्षा गर्दै प्रतिगमनतिर जाने खतरालाई रोक्नुपर्नेछ । सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई तिव्र बनाएर समृद्धको यात्रा अगाडि बढाउनुछ र समाजवादको  आधार तयार पार्नुछ ।’

उनले समाजवादी क्रान्ति सम्मपन्न गर्ने मुख्य कार्यभारबारे छलफल गरेर त्यसलाई व्यवहारमा लागु गर्ने संकल्प लिएर अघि बढ्नु आजको मुख्य आवश्यक्ता भएको बताए । 

‘हाम्रा माओवादी केन्द्रका संस्थापक नेताहरुलाई सम्झिँदै गर्दा हामी हाम्रो मुख्य कार्यभार पुरा गरेर समाजवादी क्रान्ति सम्पन्न कसरि गर्न सक्छौं र सफल समाज निर्माण कसरि गर्न सक्छौं भनेर छलफल बहस गर्नु र त्यसलाई व्यवहारमा उतार्ने संकल्प गरेर अगाडि बढ्नु ने आजको आवश्यकता हो,’उनको भनाइ थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार