मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

सिरहाका सबै मतदान केन्द्रमा कर्मचारी खटिए

Ujyalosandeshonline 11564+ समाचार ( )
१९ फाल्गुन २०८२, मङ्गलबार

सिरहा । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदानका लागि सिरहामा सबै तयारी पूरा भएको छ । जिल्लाका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी खटाइसकिएको छ । सिरहाका मुख्य निर्वाचन अधिकृत डा श्रीप्रकाश उप्रेतीका अनुसार चार निर्वाचन क्षेत्रअन्तर्गत २२३ स्थायी र एक अस्थायी गरी २२४ मतदानस्थल तथा ५३१ स्थायी र ३ अस्थायी गरी जम्मा ५३४ मतदान केन्द्र निर्धारण गरिएको छ । 

सबै केन्द्रमा मतपेटिका, सुरक्षण सिल, छेकावारलगायत आवश्यक सामग्री पुर्‍याइसकिएको जनाइएको छ । निर्वाचन कर्मचारी ले राजनीतिक दलका प्रतिनिधिसँग सर्वदलीय बैठक गरी मतदानस्थल व्यवस्थापन, मतदाता परिचयपत्र जाँच, अशक्त तथा ज्येष्ठ नागरिकको सहजीकरण, मतदान समय पालना तथा विवाद समाधान प्रक्रियासम्बन्धी सहमति गरेका छन् । 

शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । जिल्लाभर ५३४ मतदान अधिकृत, सोही सङ्ख्यामा सहायक मतदान अधिकृत तथा प्रत्येक केन्द्रमा तीन जनाका दरले सहयोगी कर्मचारीसहित कूल चार हजार ७९४ जना कर्मचारी परिचालन गरिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार