मुख्य समाचार
नेपाली कांग्रेसद्वारा देशव्यापी ‘हामी तयार छौँ’ अभियान सञ्चालन हुने | रुपन्देहीमा सशस्त्र प्रहरीद्वारा ६ लाख बढीको अवैध सामान बरामद | कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ |

नेकपा माओवादी, एमाले त्याग गरेका ५ जनालाई भुसाले गरे स्वागत

Ujyalosandeshonline 12678+ समाचार ( )
२५ माघ २०८१, शुक्रबार

बुटवल । नेकपा (एकिकृत समाजवादी) का महासचिव घनश्याम भुसालले मुलुकले गणतान्त्रिक नेपालको कार्यक्रम र ऐजेन्डा बोकेको पार्टी खोजेको बताएका छन् । 

उनले संविधान निर्माण भएपछि राजनीतिले जनतालाई आशा भन्दा बढि निराशा र उकुस–मुकुस बनाएको बताउँदै अब कार्यक्रम र ऐजेन्डा स्पष्ट भएको पार्टीको आवश्यकता रहेको बताए । 

नेकपा (एकिकृत समाजवादी) रुपन्देहीले शुक्रबार आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भुसालले आफूहरु त्यहि गणतान्त्रिक नेपालको ऐजेन्डा बोक्ने क्रान्तिकारी कम्यूनिष्ट पार्टी बनाउने अभियानमा रहेको बताएका हुन् । 

उनले जनताको आधारभूत समस्या हल गर्दै आत्मनिर्भर कृषि प्रणालीबाट राष्ट्रियपूजीँको विकास गर्दै रोजगारीको ग्यारेन्टी गर्न योजना र कार्यक्रम सहितको पार्टीको आवश्यकता रहेको बताए । ‘युवा पलायन रोक्न, आर्थिक सामाजिक विकास गर्न, अब जिम्मेवार क्रान्तिकारीहरु एकजुट हुने बेला आएको छ’ महासचिव भुसालले भने –‘अहिले हामी यहि काममा खटिएका छौं ।’ 

अगुवा कार्यकर्ताहरु समेत रहेको कार्यक्रममा महासचिव भुसालले संविधानको रक्षाका लागि विद्रोहबाट जन्मिएको नेकपा एकिकृत समाजवादीलाई अब संघर्ष र आन्दोलनबाट स्थापित गर्नुपर्ने निष्र्कषमा पुगेको बताए । उनले अबको एक वर्षभित्र नेकपा एकिकृत समाजवादी मुलुकमा आशा जगाउने पार्टी बन्ने दावी गरे । उनले आफूहरुले आगामि एक वर्षभित्र गणतान्त्रिक नेपालको स्पष्ट ऐजेन्डा र कार्यक्रमबाट पुष्टि गर्ने बताए । उनले महाधिवेशनबाट संघर्ष र आन्दोलनबाट पार्टी गठन गर्ने कार्यदिशा पारित गरेकाले आफूहरुसँग मात्रै स्पष्ट ऐजेन्डा रहेको बताए । उनले अब छिट्टै केन्द्रीय कमिटिको बैठकलगतै राजनीतिमा देखिएको सन्नाटालाई चिर्ने गरी जनताको विचमा जाने बताए । 

उक्त अवसरमा महासचिव भुसालले नेकपा माओवादी केन्द्र जिल्ला कमिटि सदस्य रामप्रसाद अर्याल, नेकपा एमाले निकटको मजदुर संगठनमा क्रियाशिल नेता राजु थापा, वाइसिएल नेता आशिष विक, मेघराज भट्टराईलाई अविर खादा ओढाएर पार्टी प्रवेश गराए । कार्यक्रममा नेकपा एकिकृत समाजवादीका पोलिटब्यूरो सदस्य नन्दलाल बन्जाडे, प्रदेश सदस्यहरु हिराध्वज शाह, राजेन्द्र प्रसाद पाण्डे, कमल भण्डारी, जिल्ला उपाध्यक्ष चिनबहादुर गुरुङ लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार