अत्यधिक चिसोका कारण बुटवलका विद्यालयमा ३ दिन बिदा

Ujyalosandeshonline 11538+ समाचार ( )
९ पौष २०८२, बुधवार

बुटवल । अत्यधिक चिसो र शीतलहर बढेपछि बुटवल उपमहानगरपालिकाले नगरभित्रका सम्पूर्ण विद्यालयहरू तीन दिन बन्द गर्ने निर्णय गरेको छ। नगरप्रमुख खेलराज पाण्डेयले बुधबार एक सूचना जारी गर्दै पुस ११, १३ र १४ गते विद्यालय बन्द गर्न निर्देशन दिएका हुन् ।

उपमहानगरका अनुसार उक्त बिदा वार्षिक बिदाबाट कट्टा हुने गरी दिइएको हो। साथै, उपमहानगर पालिकाले चिसोको समयमा विद्यार्थीहरूको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन र आवश्यक सावधानी अपनाउन अभिभावक तथा विद्यालय प्रशासनलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार