मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

तेरापंथ जैन समाज भैरहवाद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न, ५५ यूनिट रगत संकलन

Ujyalosandeshonline 11564+ समाचार ( )
१ अशोज २०८२, बुधवार

भैरहवा । तेरापंथ जैन समाज भैरहवाले बुधबार 'हाम्रो रक्त–हाम्रो लागि’ भन्ने नाराका साथ बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको प्राविधिक सहयोग तथा मारवाडी सेवा संघ, भैरहवा, मारवाडी महिला मञ्च र मारवाडी युवा मञ्चको संयोजनमा भैरहवास्थित मारवाडी सेवा संघमा आयोजित कार्यक्रममा ५५ यूनिट रगत संकलन भएको प्रियंक जैनले जानकारी दिनुभयो ।

तेरापंथले विगत पाँच वर्षदेखि ‘सेवा–संस्कार–संगठन’ को त्रिआयामी उद्देश्यका साथ मानवताका लागि विविध सेवामा काम गर्दै आएको छ । यसै क्रममा मानवीय सेवा अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाका महासचिव शिव रतन डागाले बताउनुभयो ।

समाजका अध्यक्ष अजय पारखले जेनजी आन्दोलनका क्रममा शहादत प्राप्त शहीदहरुको सम्झनामा राष्ट्रिय बिदा समेत रहेकाले आजको रक्तदान कार्यक्रम ती सबै शहीदहरुप्रति समर्पण गरिएको जानकारी दिनुभयो । रक्तदान कार्यक्रमले रगत अभावमा समस्या भोगिरहेका नेपालीहरुको ज्यान बचाउन सहयोग पुग्ने कार्यक्रम संयोजक रवि पारिखले विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा स्थानीय युवाहरु, उद्योगी–व्यवसायीहरुले उत्साहपूर्ण सहभागिता जनाउँदै रक्तदान गरेका थिए । आयोजकले बुधबार नेपालभरी महोत्सवको रूपमा रक्तदान कार्यक्रम गरिएको जनाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार