मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

कांग्रेसको ठूलै नेता सहकारी ठगीमा देखिएपनि अनुसन्धानका लागि पाता कसेर लानुपर्छ : गगन थापा

Ujyalosandeshonline 11540+ समाचार ( )
१७ पौष २०८१, बुधवार

हेटौँडा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीमा संलग्न जो कोहिलाई पनि पाता कसेर कानुनी कठघरमा उभ्याईनु पर्ने बताएका छन्  । 

४९ औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस मकवानपुरले गरेको कार्यक्रममा बोल्दै थापाले कानुन सबैलाई बराबर हुने भन्दै कांग्रेसको ठूलै नेता सहकारी ठगीमा देखिएपनि अनुसन्धानका लागि पाता कसेर लानुपर्ने बताएका हुन् ।

कानुनले उच्चपदस्त र आम नागरिकलाई समान व्यवहार गर्नुपर्ने भन्दै सहकारी ठगीमा जो कोहि, जति शक्ति शालीहरु देखा परेपनि कानुनले समान व्यवहार गर्नुपर्ने धारणा ब्यक्त गरे ।

प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई बैठकको बेला पनि आफूले भनिरहेको सुनाउँदै थापाले भने, ‘यदि कांग्रेसको नेता, पदाधिकारी, कहीकतै अनुसन्धानले देखाउँछ भने पाता कसेर लैजानु ।’

कुनै सन्र्दभमा आफुले गल्ति गरेको प्रमाणीत भए आफुलाई पनि पाता कसेर लैजानु तर मलाई भेट्न आउँदा कांग्रेसको झण्डा बोकेर नआउँनु भन्दै थापाले भने थापाले भने, ‘सहकारीको पैसा लगेर महिनाआठ–दशलाख रुपैयाँ तल बखाएर लुटपाट ग¥यो भने प्रहरीले के गर्छ ?हाम्रो बोलि चालिको भाषामा पाता फर्काएर लिएर जान्छ । त्यही होइन कानुनको शासन भनेको ?’ थापाले नेपाली जनतामा प्रगतिको भोक रहेको बताए ।

उनले भने,‘आजको दिनको नेपाली समाजको सबैभन्दाठूलो समस्या भनेको प्रगतिको भोक छ, त्यसमा हामीले सोच्नुपर्नेछ,’थापाले अघिभने, ‘जनता छन्, उनीहरूसँग समस्या छन्, त्यसको समाधान कांग्रेसले पूरा गरिदियोस् भन्ने छ । पुराना कुरामा अड्किएर बस्ने होइन । नेपाली समाज उकुसमुकुस छ । त्यसलाई हामीले सम्बोधन गर्नुपर्ने छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार