मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

सहकारी संचालकहरुको सम्पत्ति विक्री गरेर बचत फिर्ता गरिने

Ujyalosandeshonline 11540+ समाचार ( )
१४ वैशाख २०८१, शुक्रबार

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी संचालकहरुले आफन्तको नाममा राखेको सम्पत्ति विक्री गरेर बचत फिर्ता गर्ने प्रतिवद्धता जनाएका छन् । 

शुक्रबार सरकारले फास्ट ट्रयाकबाट सहकारीका समस्या समाधान गर्ने भएपछि सहकारी पीडितले गृहमन्त्री रवि लामिछानेलाई धन्यावाद दिन आयोजित कार्यक्रममा उनले साना बचतकर्तालाई प्राथमिकतामा राखेर सम्पत्ति रोक्का गर्ने, तत्काल बनाउने र सम्पत्ति विक्री गरेर बचत फिर्ता गर्ने प्रतिवद्धता जनाएका हुन् । 

उनले भने,‘सम्पत्ति आफ्नो नाममा राख्न नमिल्ने भएर आफन्तहरुको नाममा राखेका छन् । आफन्तको नाममा राखेको छु भनेर जोगिन्छु भनेर सोचिरहेको होलान । आफन्त, गरिब थियो रातारात कसरी धनी भयो भनेर हेर्ने समय सरकारसँग छ । गृह मन्त्रालयसँग पनि छ । सम्पत्ति शुद्धिकरण विभागसँग पनि छ । तर इच्छा शक्ति हुनुप¥यो ।’

मन्त्री लामिछानेले मन्त्रालयलको प्राथमिकतामा साना बचतकर्ता रहेको उल्लेख गर्दै तत्काल कानुन बनाएर कार्यन्वयनमा लैजाने र चाँडै समस्या समाधान गर्ने बताए । 

उनले फास्ट ट्रयाकबाट सहकारीको समस्या समाधान गर्ने निर्णय नै गरिसकेको भन्दै फास्ट ट्रयाकबाट सम्पत्ति रोक्का गरी विक्री वितरण गर्ने न्यायिक अधिकार कानुनी रुपमा लिने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार