मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

रुपन्देही प्रहरीद्वारा ६ लाख २५ हजार बराबरको अवैध सामान बरामद

Ujyalosandeshonline 12431+ समाचार ( )
४ मंगशिर २०८२, बिहीबार

भैरहवा । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली नेपाल भित्र्याइएका ६ लाख २५ हजार रुपैयाँ बराबरका अवैध सामानहरू बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा मैदा, कस्मेटिक सामान, विद्युतीय सामग्री र कपडाहरू नियन्त्रणमा लिएको हो ।

प्रहरीले मायादेवी गाउँपालिका–७ हात्तीबनगाईमा भारतबाट अवैध रूपमा ल्याएर गोदाम गरी राखिएको २ लाख ५५ हजार रुपैयाँ बराबरको १०२ बोरा मैदा बरामद गरेको छ। त्यस्तै, सिद्धार्थनगर नगरपालिका–१ बेलहिया बाइपास क्षेत्रबाट १ लाख २५ हजार रुपैयाँ बराबरका कस्मेटिक सामान, १२५ थान एलईडी चिम र दैनिक उपभोग्य वस्तुहरू प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी, सिद्धार्थनगर नगरपालिका–३ भैरहवा बसपार्कमा चेकजाँच गर्दा लु ६९ प ५९२२ नम्बरको स्कुटरमा अवैध रूपमा ल्याइएका ५ सय थान जर्सी फेला परेको छ। प्रहरीले १ लाख ७५ हजारको जर्सी र ७० हजार मूल्याङ्कन गरिएको स्कुटरसहित सिद्धार्थनगर–४ का ३४ वर्षीय अवराध हुसेनलाई नियन्त्रणमा लिएको छ। बरामद गरिएका सम्पूर्ण सामान, स्कुटर र पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जानकारी जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सुरज कार्कीले दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार