मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

सरकारले उद्योगी ब्यवसायीलाई आतँकित बनायो : हृदयेश त्रिपाठी

Ujyalosandeshonline 11564+ समाचार ( )
२४ अशोज २०८१, बिहीबार

परासी । जनता प्रगतिशील पार्टीका केन्द्रिय अध्यक्ष हृदयेश त्रिपाठीले देशमा बढ्दो आर्थिक संकटलाई रोक्न सरकार असफल भइरहेको आरोप लगाएका छन् । देशमा बढ्दो आर्थिक संकटलाई रोक्नुभन्दा सरकार भ्रष्टाचारमा लिप्त भइरहेको उनले आरोप लगाए ।

पश्चिम नवलपरासीको प्रतिनिधि सभा क्षेत्र नम्बर १ को क्षेत्रीय पार्टी कार्यालाय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता त्रिपाठीले देशमा दुईवटा आतंक सुरु भएको जिकिर गर्दै देशमा आर्थिक अनियमितता बढेर भ्रष्टाचारमय देश बनेको जिकिर गरे ।

देशमा करदातामाथि करैकरको भार थपिदै गएको र सम्पत्ति शुद्धीकरण नाममा निर्दोष उद्योगी–व्यवसायीलाई सताउने कार्य जस्तो आतंक सुरु भएको नेता त्रिपाठीले जिकिर गरे । ‘देशमा अहिले दुई ठुला दलको बलियो सरकार छ । तर, यसबाट बलियो र प्रभावकारी निर्णय नआउनु, देशमा झनै मन्दी बढ्दै जानु । यो बलियो होइन, रोगी सरकार सावित भएको छ, ’उनले भने ।

पूर्वमन्त्री समेत रहेका त्रिपाठीले आर्थिक मन्दीले देशका जनताहरुमा निराशा छाउँदै गएको बताए । यो सरकारबाट नेपाली जनता र किसान लाभान्वित नुहने उनले बताए । उनले आगामी चुनावमा आफ्नो पार्टीसँग विचार मिल्ने पार्टीहरुसँग सहकार्य गरेर अगाडि बढ्ने पनि जानकारी दिए । अहिले जनता प्रगतिशील पार्टीले आफ्नो संगठन विस्तार पनि गरिरहेको उनको भनाइ छ ।

पार्टीका जिल्ला संयोजक राधेरमण पाण्डेले जिल्लामा संगठन विस्तार र मजबुत बनाइने बताए । पार्टीको क्षेत्रीय अध्यक्ष रामप्रित यादवको अध्यक्षता तथा समाजसेवी आमूल पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार