मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

चन्द्रपुरमा सुविधायुक्त बसपार्क संचालनको तयारी

Ujyalosandeshonline 12437+ समाचार ( )
१७ फाल्गुन २०८१, शनिबार

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा सुबिधायुक्त बसपार्क संचालनको तयारी थलिएको छ । संघन सहरी तथा भवन निमार्ण आयोजना बिरगंजको सहयोगमा बसपार्क निमार्ण गरिएको हो । 

चन्द्रपुर वडा नं.४ टेकानटोलमा रहेको चार्जिङ स्टेशन सहितको सुबिधायुक्त बसपार्कमा शौचालय , स्नानकक्ष , विश्रामकक्ष, चमेनागृह लगायतको व्यवस्था गरिएको छ ।चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले यो बसपार्क संचालनमा आएपछि अव्यवस्थित बस पार्किङको समस्या हटने बताए । चाडपर्वको समयमा राजमार्गमा हुने सवारी चाप र दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्न यस बसपार्क उपयोगी हुने उनको विश्वास छ ।

शहरी बिकाश मन्त्रालय अन्त्तर्गत संघन सहरी तथा भवन निमार्ण आयोजना बिरगंजले  चन्द्रपुर नगरपालिका वडा नं २,३,४ र ५ मा भएका बिकासका बिभिन्न योजनाहरु सम्पन्न गरी चन्द्रपुर नगरपालिकाका नगर प्रमुख  काफ्लेलाई हस्तान्तरण गरेको हो । बिनायक÷प्रजिल जेभी सुकुल ढोका भक्तपुरलाई ४ वटा योजना निमार्णको जिम्मा पाएको थियो । 

सो योजना सम्पन्न गर्न १६ करोड १२ लाख २१ हजार ३ सय ६५ रुपैयाँको  ठेक्का लिएको ठेकेदार कम्पनीका प्रतिनिधि इन्जिनियर मनिष कुमार सिंहले जानकारी दिए ।उनका चन्द्रपुर वडा नं २ जुडिबेला प्रवेशद्वारबाट असनवा सम्मको ३ किलोमिटर ४ सय मिटर सडक कालोपत्रे र सडकको दुबै तर्फ नाला निमाार्ण कार्य गरेको हो । 

यसैगरी वडा नं ३ गैडाटारमा हाट बजारको सेड निमार्ण,वडा नं ४ टेकानटोलमा चार्जिङ सहितको बसपार्क निमार्ण र वडा नं ५ मा ३ सय ५० मिटर नाला सहित सडक कालोपत्रे गरेको उनले बताए । चन्द्रपुर नगरपालिकाले सम्पन्न योजना संचालनमा ल्याइएको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार