मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

पहिलो यू–१५ विद्यालय खेलकुद प्रतियोगिता आजदेखि

Ujyalosandeshonline 11564+ समाचार ( )
३० जेठ २०८१, बुधवार

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा यू–१५ राष्ट्रव्यापी विद्यालय खेलकूद प्रतियोगिता आजदेखि सुरु हुँदैछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद्, गण्डकीको संयुक्त आयोजनामा हुने प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजकले जनाएका छन् । 

प्रतियोगितामा सातै प्रदेशका खेलाडी सहभागी हुनेछन् भने भने प्रत्येक प्रदेशबाट समान ७६–७६ खेलाडी, ८ प्रशिक्षक र ६ व्यवस्थापक सहभागी हुनेछन् । प्रतियोगितामा विभिन्न ६ खेलको प्रतिस्पर्धा हुनेछ । एथ्लेटिक्स, बास्केटबल, रग्वी, ब्याडमिन्टन, टेबल टेनिस र चेसमा प्रतिस्पर्धा हुनेछ । ६ वटै खेलमा छात्र र छात्राका लागि अलग अलग प्रतिस्पर्धा हुनेछ ।

पहिलो संस्करणमा ६ खेललाई मात्र समावेश गरिएको र आगामी वर्षहरुमा खेल संख्यालाई बढाउदै लैजाने प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य–सचिव श्रीधर शर्माले जानकारी दिए । एथ्लेटिक्समा १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० सय मिटर, सटपुट, लङजम्प र ४ गुणा १०० मिटर रिलेमा प्रतिस्पर्धा हुनेछ । 

ब्याडमिन्टन र टेबलटेनिसमा पुरुष एकल, पुरुष डबल्स, महिला एकल, महिला डबल्स र मिक्स डबल्स गरी पाँच–पाँच इभेन्टमा प्रतिस्पर्धा हुनेछ । बुद्धिचालमा छात्र÷छात्राको टिम इभेन्टमा प्रतिस्पर्धा हुनेछ । एथ्लेटिक्समा छात्र र छात्रा दुवैमा ६–६, ब्याडमिन्टनमा र टेबलटेनिसमा छात्र र छात्रा ४–४, बुद्धिचालमा ४ खेलाडी सहभागी हुने छन् ।

रग्वीमा र बास्केटबलमा छात्र र छात्रामा १०–१० खेलाडी सहभागी हुनेछन् । पाँचै खेलको प्रतिस्पर्धा पोखरा रंगशाला हातामा हुनेछ । प्रतियोगिताको औपचारिक उद्घाटन बुधबार दिउँसो ३ बजे हुने प्रदेश परिषद् गण्डकीका सदस्य–सचिव शर्माले जानकारी दिए । ब्याडमिन्टनको प्रतिस्पर्धा भने मंगलबारदेखि नै सुरु भइसकेको छ । 

प्रतियोगिता सञ्चालन गर्न कूल १ करोड ८२ लाख बजेट छुट्याइएको छ । त्यसमा १ करोड ५० लाख राष्ट्रिय खेलकुद परिषद् र बाँक्ी ३२ लाख प्रदेश खेलकुद परिषद् गण्डकीले व्यहोर्ने सदस्य–सचिव शर्माले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार