मुख्य समाचार
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता | सुदूरपश्चिममा ३७ अर्ब ७० करोडको बजेट पेस | सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु |

पोखरामा स्कुटर चोरी गर्ने तीनजना पक्राउ

Ujyalosandeshonline 11541+ समाचार ( )
२६ पौष २०८१, शुक्रबार

पोखरा । पोखरामा मोटरसाइकल तथा स्कुटर चोरी गर्ने कार्यमा संलग्न तीन जनालाई वडा प्रहरी कार्यालय बैदाम पोखराले पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नं.११ बस्ने बर्ष २६ को सन्तोष लामिछाने र कास्कीको मादी गाउँपालिका वडा नं.३ घर भई हाल पोखरा १५ बस्ने बर्ष २७ को किरन परियार र नवलपरासीको पश्चिम सुस्ता गाँउपालिका वडा नं.५ बस्ने बर्ष ३० को प्रहलाद कोहारलाई पोखरामा स्कुटर चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।  

पक्राउ परेका तीन जनामध्ये लामिछाने र परियारले गएको पुष ९ गते मध्यराति पोखराको पृथ्वीचोकमा पार्किङ गरी राखेको ग २५ प ७१३ नम्बर र ग १८ प २७३७ नं.को स्कुटर चोरी गरेकोमा ग १८ प २७३७ नं.को स्कुटर कोहारले किनेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी सन्तोष निरौलाले जानकारी दिए ।  

पोखराको पृथ्वीचोकबाट चोरी भएको दुई वटा स्कुटर खोजतलाश गर्ने क्रममा अभियुक्तद्वय लामिछाने र परियार पक्राउ परेकोमा उनीहरुले आफूहरुले चोरी गरेको स्कुटर कोहारलाई बेचेको प्रहरी समक्ष बयान दिएका छन् ।  उनीहरुको बयानका आधारमा कोहारलाई ग १८ प २७३७ नं.को स्कुटर सहित नवलपरासीबाट पक्राउ गरेर ल्याइएको डिएसपी निरौलाले बताए । उनीहरु तीनै जनाविरुद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार