निश्चल कृषि सहकारीको ११ औं साधारण सभा सम्पन्न, प्रतिवेदनहरू पारित

Ujyalosandeshonline 12428+ समाचार ( )
७ मंगशिर २०८२, आइतबार

कञ्चन, रुपन्देही । रुपन्देहीको कञ्चन–४, अस्नैया स्थित निश्चल कृषि सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले संस्थाका अध्यक्ष जगीलाल थापाद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक ठाकुर गौतमको प्रतिवेदन र कोषाध्यक्ष कल्पना रानाद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन तथा आगामी आर्थिक वर्षको अनुमानित आय–व्यय सर्वसम्मतले अनुमोदन गरेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै कञ्चन–४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण र व्यावसायिक बनाउन सहकारीले योजना बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले किसानका उत्पादनको बजारीकरणका लागि 'सहकारी पसल' सञ्चालन गर्न सके शेयर सदस्यहरूमा उत्साह थपिने बताउनुभयो ।

यस्तै, कार्यपालिका सदस्य सुशिला थापाले यस सहकारीले जग्गा र किसान कार्डको आधारमा रासायनिक मल वितरण गर्ने गरेको नमुना कार्यलाई पालिकाले समेत अवलम्बन गरेको भन्दै प्रशंसा गर्नुभयो । कार्यक्रममा संस्थापक अध्यक्ष उजरसिंह दर्लामी र प्रारम्भिक भेलाका अध्यक्ष विनोद कुमार पुनले संस्थाको विगत र वर्तमान प्रगतिको चर्चा गर्नुभएको थियो।

सो अवसरमा एसईई र कक्षा १२ लगायत प्राविधिक विषयमा उत्तीर्ण शेयर सदस्यका छोराछोरी तथा पूर्व सञ्चालक र समिति सदस्यहरूलाई सम्मान गरिएको थियो। संस्थाका अध्यक्ष जगीलाल थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष केशरसिंह रानाले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन सचिव दुर्गा रानाले गर्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार