मुख्य समाचार
कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक |

जनकपुरधाममा इन्डो नेपाल टुरिजम समिट सम्पन्न

Ujyalosandeshonline 12676+ समाचार ( )
२२ माघ २०८१, मङ्गलबार

जनकपुर । जनकपुरधाममा इन्डो नेपाल टुरिजम सम्मिट २०२५ सम्पन्न भएको छ । नेपाल भारतबीच पर्यटन प्रवद्र्धनमा जोड दिने उद्देश्यका साथ भारतीय दुतावास, वीरगञ्ज र पीएचडीसीसीआई इन्डिया नेपाल सेन्टरको आयोजनामा मंगलबार जनकपुरधाममा उक्त सम्मिट सम्पन्न भएको छ ।

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतीस कुमार सिंहले धार्मिक पर्यटन (रिलिजियस टुरिजम)मा प्रचुर सम्भावना रहेकोले नेपाल सरकारले पर्यटकहरुका लागि ठोस नियम कानुन बनाउन आवश्यक रहेको बताए । उनले भारतको महाकुम्भ र साउदीको मक्का मदिनका उदाहरण दिँदै पर्यटन क्षेत्रको विकास प्रभावकारी ढंगले गर्न सके देशको जीडिपीमा ठूलो मदत पुग्ने जनाए ।

मुख्यमन्त्री सिंहले विदेशी पर्यटकहरुलाई दिनको १५० देखि २०० डलरसम्म खर्च गर्नुनै पर्ने गरि नियम कानुन सरकारले बनाउनुपर्नेमा जोड दिए । साथै उनले स्थलमार्गबाट आउने भारतीय पर्यटकहरुलाई विशेष सुविधा उपलब्ध गराउनुुपर्ने बताए ।

अहिले लाखौं नेपाली महाकुम्भमा स्नान गर्न भारत गएको जानकारी दिँदै भारतबाट पनि पर्यटक र श्रद्धालुलाई जनकपुरधाम आउनुपर्ने भनेर प्रचार प्रसार गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा भारतीय महावाणिज्यदुतावास, वीरगञ्जका महावाणिज्यदूत देवी सहाय मिनाले भारत नेपालबीचको पौराणिक र इतिहासिक सम्बन्ध रहेकोले दुबै देशमा पर्यटनको सम्भावना प्रचुर रहेको बताए ।

उनले भारत र नेपालमा पर्यटनको अपार सम्भावनालाई मध्येनजर गर्दै दुबै देशले मिलेर काम गर्नु आवश्यक रहेकोमा जोड दिए । दुबै देशको इतिहास र संस्कृति महत्वपूर्ण सम्पक्ति रहेको धारणा राख्दै उनले यसलाई अझ मजबुत बनाउन सके दुबै देशबीचको सम्बन्ध थप मजबुत हुनुका साथै आर्थिक रुपमा सबल बन्न सकिने बताए ।

उनले कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले पर्यटन विकासका लागि राखेका आफ्ना अनुभव र विचारले सीमा क्षेत्रको पर्यटन विकासका साथै दुबै देशको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा, होटल व्यवसायी संघका पदाधिकारी, उद्योग वाणिज्य संघका पदाधिकारी, साहित्यकार, भाषाविद लगायत पर्यटन प्रवद्र्धन तथा पर्यटन व्यवसायीसंग आवद्ध व्यक्तिहरुको उपस्थिति थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार