मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

‘वर्तमान गठबन्धनको आयु चारमहिना’- पशुपति शमशेर

Ujyalosandeshonline 11540+ समाचार ( )
१७ चैत्र २०८०, शनिबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर राणाले वर्तमान सत्ता गठबन्धनको आयु त्यति लामो नदेखेको बताएका छन् ।

शनिबार महाराजगञ्जस्थित बिजय बासमा पत्रकारहरुसँग अनौपचारिक सम्वाद गर्दा नेता राणाले वर्तमान प्रतिनिधि सभाले पूणर्कार्यकाल काम गर्नेमा आफू विश्वस्त रहेको बताउँदै तर एमाले र माओवादी सहितको सत्ता गठबन्धन भने धेरै लामो समय चल्नेमा आफूलाई विश्वास नलागेको बताए ।

ठट्यौली शैलीमा हाँस्दै राणाले भने, ‘बढीमा चार महिना !’  नेता राणाले वर्तमान प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतले केही दिन सभामुखको भूमिका निर्वाह गरेका थिए ।

आफ्नो निवासमा दिवाभोजका लागि आमन्त्रित पत्रकारहरुसँग मिसिएर राणाले भने- ‘हेर्नोस् ८२ वर्ष बाँचिएछ, अब यो समयअवधिका बारेमा के गर्ने भनेर सोच्दैजाँदा एउटा अनुभवको पुस्तक नै लेख्न रहर लाग्यो र पचहत्तर प्रतिशत त लेखि नै सकें, एकतिहाई भने पूरा गर्न बाँकी छ ।’

नेता राणाले आफ्ना बाजे अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेरले संक्रमणकालको नेतृत्व गरेर प्रजातन्त्रलाई सहयोग गरेको प्रसंग सुनाउँदै पिता बिजय शमशेरले पनि उद्योगधन्दाको जग बसाउन महत्वपूणर् योगदान गरेको चर्चा गरे । उनले आफूले पनि महत्वपूणर् समयमा उल्लेख्य भूमिका निर्वाह गर्न पछि नपरेको सगर्व सुनाउँदै पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईले आफ्नो प्रशंसा गरेको पनि सम्झिए ।

नेता राणाले पहिला नेपाली भाषामै आफ्नो संस्मरण कृति सार्वजनिक गर्ने योजना सुनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार