मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

रुपन्देहीमा सुन चोरीमा संलग्न तीन युवा पक्राउ

Ujyalosandeshonline 12431+ समाचार ( )
३१ असार २०८२, मङ्गलबार

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एक घरबाट सुनका गरगहना चोरी गरेको आरोपमा प्रहरीले तीन जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवल उप-महानगरपालिका-७ का २३ वर्षीय बिष्णु थापा, वडा नं. १३ का २५ वर्षीय युसुक गुरुङ र वडा नं. ६ का २२ वर्षीय बिशाल तामाङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार, असार २५ गते राति तिलोत्तमा नगरपालिका वडा नं. ३ जानकीनगरस्थित ध्रुव भण्डारीको घरबाट सुनका गरगहना चोरी भएको थियो । घटनाको खबर पाएलगत्तै खटिएको प्रहरी टोलीले हुलियाको आधारमा खोजतलास सुरु गरेको थियो ।

रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदिप बहादुर क्षेत्रीले दिएको जानकारी अनुसार, खोजतलासको क्रममा प्रहरीले घटनामा संलग्न तीनै जनालाई पक्राउ गरेको हो । पक्राउ परेका युवाहरुको खानतलासी गर्दा कुच्चिएको अवस्थामा एउटा मंगलशुत्र समेत बरामद भएको छ । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिई चोरी सम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाएको एसपी क्षेत्रीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार