मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

चाडपर्वमा रुपन्देही प्रहरीको सक्रियता : १८ लाख बढीका अवैध सामान नियन्त्रणमा

Ujyalosandeshonline 12431+ समाचार ( )
४ कार्तिक २०८२, मङ्गलबार

भैरहवा । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले विभिन्न स्थानबाट करिब १८ लाख ४२ हजार रुपैयाँ बराबरको भन्सार छलीका अवैध सामानहरू नियन्त्रणमा लिएको छ । प्रहरीले अवैध ओसारपसारमा संलग्नलाई पनि पक्राउ गरेको छ । प्रहरीका अनुसार, ओमसतिया गाउँपालिका वडा नं. ४ बसन्तपुरबाट २१० पिस फाइबर सिरानी र २ थान ई-रिक्सा सहित सिद्धार्थनगर नगरपालिका वडा नं. ४ का अलउदिन चुरिहार र वडा नं. ६ का मिहाज अहमदलाई नियन्त्रणमा लिइएको छ। यसको कुल मूल्य ३ लाख ४२ हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी, इलाका प्रहरी कार्यालय बेलहियाले सिद्धार्थनगर नगरपालिका वडा नं. १ बेलहिया बसपार्कबाट भारतबाट भन्सार छली गरी ल्याउँदै गरेको Dermi 5 Cream, ग्लास किट, पान पराग र रजनीगंध लगायतका सामानहरू बरामद गरेको छ। DL 5 CN 9097 नम्बरको भारतीय कारमा ल्याइएको यी सामानहरूको मूल्य ७ लाख २० हजार रुपैयाँ र गाडीको मूल्य ७ लाख ८० हजार रुपैयाँ गरी कुल १५ लाख रुपैयाँ बराबर को रहेको छ । यस घटनामा भारतको दिल्लीका सोहेब आलम, पवन अली र साहिद मलिकलाई पनि नियन्त्रणमा लिइएको छ।

उनीहरूको साथबाट भारतीय ६४ हजार रुपैयाँ र पाकिस्तानी १० हजार रुपैयाँ बरामद भएको प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो । पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।

रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले चाडपर्वको मौका छोपी अवैध ओसारपसार र तस्करीमा कडाइ गरेका छन्। वहाँ रुपन्देही आए देखि उनको नेतृत्वमा करोडौं मूल्य बराबरका अवैध सामान नियन्त्रणमा लिइनुका साथै अपराध नियन्त्रणमा समेत उल्लेख्य सफलता प्राप्त भएको छ । स्थानीय बासिन्दाहरूले पनि एसपी क्षेत्रीको कामको प्रशंसा गर्दै वहाँ आएदेखि शान्ति सुरक्षाको अनुभूति भएको बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार