मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

समुदाय–प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

Ujyalosandeshonline 12437+ समाचार ( )
२७ असार २०८३, शनिबार

धरान (सुनसरी)। सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ । चालु आर्थिक वर्षको असार २४ गतेसम्म सञ्चालन भएका ६६५ समुदाय–प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजार ३९० नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् । सोही अवधिमा अपराध अनुसन्धान, शान्तिसुरक्षा, फैसला कार्यान्वयन, विपद् व्यवस्थापन, उजुरी फछर्यौट तथा प्रविधिमैत्री सेवा प्रवाह पनि प्रभावकारी रूपमा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका प्रमुख केशवकुमार थेबेले समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत अपराध नियन्त्रण, चेतना अभिवृद्धि तथा प्रहरी र समुदायबीचको सम्बन्ध सुदृढ बनाउन सफलता मिलेको  बताउनुभयो । लागुऔषध ओसारपसार नियन्त्रण, ‘साइबर’ अपराध, घरेलु तथा लैङ्गिक हिंसा नियन्त्रण, मानव बेचबिखन, बालविवाह तथा बाल यौन दुव्र्यवहारविरुद्ध ७२ विद्यालयमा सञ्चालन गरिएका सचेतनामूलक कार्यक्रमबाट चार हजार १८५ विद्यार्थी लाभान्वित भएका छन् । 

सो अवधिमा रु. तीन करोड ४८ लाख ९१ हजार ५११ राजस्व सङ्कलन गरिएको छ । नदीजन्य सामग्रीको उत्खनन तथा ओसारपसार नियन्त्रणबाट रु. आठ लाख ४४ हजार ९०० राजस्व असुली गरिएको छ । सवारी नियम पालना नगर्ने सवारी चालकबाट रु. तीन करोड ५७ लाख ३६ हजार ४११ राजस्व सङ्कलन भएको बताउनुभयो । यसैगरी, प्रशासनसमक्ष परेका उजुरीमध्ये चार हजार २६८ चार हजार १२४ वटा निरुपण गरिएको छ । फरार रहेका  ६७१ प्रतिवादीमध्ये चार सय ८० जनालाई पक्राउ गरी अदालतको निर्णय कार्यान्वयन भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै