मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

मथुरा देशकै पवित्र तीर्थस्थलका रूपमा विकसित हुन्छ : मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 12431+ समाचार ( )
२२ चैत्र २०८१, शनिबार

अर्घाखाँची-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सन्धिखर्क–५ मथुरालाई देशकै पवित्र धार्मिक तीर्थस्थलका रूपमा विकास गरिने बताउनु भएको छ ।

मथुरा वाङलाको गोपेश्वर पीठ र राधाकृष्ण मन्दिरमा सञ्चालन भएको श्रीमद्देवीभागवत एवम् शतचण्डी महायज्ञ कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले मथुरालाई धार्मिक महत्वको स्थलका रूपमा विकास गरिने बताउनु भएको हाे ।

`यो ठाउँको समृद्धि र विकासका निम्ति विभिन्न क्षणमा सरकारको तर्फबाट सहयोग हुने काम भइरहेको छ । चालू आर्थिक वर्षमा पनि सडकको स्तरोन्नति गर्न बजेटले सम्बोधन गरेको छ । यसका साथै यहाँ पानीको समस्या थियो, त्यसलाई हल गर्ने उद्देश्यका साथ खानेपानीको काम अघि बढेको छ,´उहाँले भन्नुभयो-´यो स्थललाई अर्घाखाँची वा लुम्बिनी प्रदेशको मात्रै नभई देशकै धार्मिक तथा पर्यटकीय स्थलका रूपमा विकास गर्न जरुरी छ ।´

जंगबहादुर जन्मिएको भनेर चिनिने ऐतिहासिक पौवाको समेत संरक्षण गर्ने काम सरकारले गरेको जानकारी गराउनु भयो । भविष्यमा बृहत्तर गुरुयोजना निर्माण गरेर मथुराको समुचित विकास गरिने योजना रहेको उहाँले उल्लेख गर्नुभयो ।

भक्तजनको अभिलाषा र चाहनाअनुसार प्रदेश सरकारले धार्मिक स्थलको विकासलाई प्राथमिकता दिने बताउँदै उहाँले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन समेत सरकारले विशेष ध्यान दिने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार