मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

आगलागीबाट ध्वस्त भएको बाम्का बजार पुनर्निर्माण गरियो

Ujyalosandeshonline 11540+ समाचार ( )
१३ श्रावण २०८२, सोमबार

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा आगलागीबाट ध्वस्त भएका संरचनाहरुको निर्माण प्रकृया पूरा भएको छ । २०८२ साल जेठ २३ गते दिउँसो उक्त बजार क्षेत्रमा आगलागी भएको थियो । नवदुर्गा होटलमा सिलिण्डर विस्फोट भएपछि फैलिएको आगोले करिब एक दर्जनभन्दा बढी पसलहरू पूर्णरूपमा नष्ट भएका हुन  । केही पसल आंशिक रूपमा जलेर क्षतिग्रस्त भएका थिए । 

भीषण आगलागीबाट खरानी बनेको बुढीगंगा नगरपालिका ६ स्थित बाम्का सरकारी तथा गैरसरकारी निकाय तथा विभिन्न व्यक्तिहरुको सहयोगपछि पुनर्निर्माण भएर पूरानै स्वरुपमा देखिएको छ । सुरुमा पुनःनिर्माण कसरी गर्ने भन्ने चिन्ताले पिरोलिएका पीडितहरु राहत पाएपछि खुसी भएपनि अब फेरी कसरी सामान जुटाउने भन्ने चिन्तामा छन् ।

आगलागी पीडित व्यावसायीहरुले जेनतेन गरेर टिनका टहरा उठाए पनि टहरा खाली छन् । घर जग्गा र सम्पत्ति नै धितो राखेर बनाएका पसल र सुरु गरेको व्यापार व्यवसाय खरानी भएपछि आफ्नो प्राण बाहेक उनीहरू खाली बनेका थिए । 

२०८२ जेठ २३ गते शुक्रवार बाम्का बजारमा रहेको नवदुर्गा होटलमा सिलिण्डर ग्यास पड्किएर आगलागी भएको थियो । उक्त आगलागीबाट करिब एक दर्जन बढी पसलहरु पूर्ण रुपमा जलेर नष्ट भएका थिए भने केहीमा आंशिक क्षति भएका थियो । ती सबै अहिले बजारको पुरानै संरचनाको स्वरुपमा देखिएका छन् ।

बुढीगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाँले बुढीगंगा र त्रिवेणी नगरपनलिकाले बाम्का बजार पुनर्निर्माण तथा व्यवस्थापन समिति बनाएर विभिन्न निकाय तथा सहयोगीदाताहरुबाट प्राप्त राहतबाट बजार पुनर्निर्माण भएको बताएका छन् ।

उनले आगलागीबाट पीडितहरुलाई विभिन्न चरणमा नगद सहित राहत सामग्री वितरण गरेर उनीहरु आफैँले पुनर्निर्माण गरेको बताए । आगलागीबाट पूर्ण क्षति भएका १३ र आंशिक ९ वटा गरी २२ वटा पसल पुननिर्माण गरिएको नगर प्रमुख बानियाँले बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार