मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

रोहिणीको स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धी कार्यशाला

Ujyalosandeshonline 11564+ समाचार ( )
२४ जेठ २०८१, बिहीबार

भैरहवा । रोहिणी गाउँपालिकाको स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा बोल्दै प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख उपसचिव माधव वन्जाडेले राष्ट्रिय रुपमा बनेको पाठ्यक्रमले यहाँको आवश्यकता, यहाँको वास्तविक धरातललाई समेटन नसकेकाले कतिपय विषयवस्तु, स्थानीय भाषा, इतिहास, पेशा, व्यवसायलाई समेट्न स्थानीय पाठ्यक्रम आवश्यक रहेको बताए । उनले स्थानीय पाठ्यक्रमले आफ्नो गाउँठाउँप्रतिको मायाममता, अधिकारप्रति सचेत र कर्तव्यप्रति बोध गराउने बताए । 

त्यस्तै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले शिक्षाको विकासका निम्ति लागपरेको बताए । उनले स्थानीय पाठ्यक्रम महत्वपूर्ण विषय रहेकोमा जोड दिए ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ) का निर्देशक युवराज अधिकारीले सहजीकरण गरेका थिए । कार्यक्रममा गाउँपालिकाका शिक्षा समिति सदस्यहरु, पाठ्यक्रम निर्माण समिति सदस्यहरुलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार