मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

साफ महिला च्याम्पियनसिपको तयारी अन्तिम चरणमा

Ujyalosandeshonline 11566+ समाचार ( )
२९ अशोज २०८१, मङ्गलबार

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अक्टोबर १७(विहीबार) देखि ३० सम्म दशरथ रंगशालामा साफ महिला च्याम्पियनसिप २०२४ आयोजना गर्ने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै दक्षिण एसियाली फुटबल महासंघ (साफ) को तालिका अनुसार एन्फाले च्याम्पियनसिप आयोजना गर्न लागेको जानकारी दिएका हो । 

प्रतियोगितामा नेपाललगायत माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश गरि सात टीमले सहभागिता जनाउँदै छन् । सहभागी टोलीहरु मध्ये पाकिस्तान, माल्दिभ्स र बंगलादेश आइसकेका छन् भने भारत र भुटान बुधबार बिहानसम्म काठमाडौ आइपुग्ने जानकारी गराइएको छ ।

प्रतियोगिताको तयारीका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय महिला टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको छ । प्रतियोगितामा सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान र सेन्ट.जेभियर्स स्कूलको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको छ ।

प्रतियोगिताको टेलिभिजन प्रसारण, मार्केटिङ र डिजिटल अधिकार एडी रिलिजलाई प्रदान गरिसकिएको छ । प्रतियोगिताका सम्पुर्ण खेलहरु कान्तिपुर म्याक्स एच्डीबाट प्रत्यक्ष प्रशारण गरिनेछ । प्रतियोगिताको टिकटको अधिकार माउन्ट एभरेष्ट स्पोर्ट्स एण्ड इभेन्ट्स प्रालिलाई प्रदान गरिएको छ । 

प्रतियोगिताको समूह चरणका खेलको टिकट दर साधारण पारापिट तर्फ तीनसय रुपैंयाँ र भीआइपी तर्फ पाँचसय रुपैंयाँ तोकिएको छ । नकआउट चरणका खेलहरुको टिकट दर साधारण पारापिटतर्फ पाँचसय रुपैंयाँ, भीआईपीतर्फ एक हजार रुपैंयाँ कायम गरिएको छ । प्रतियोगितामा १० बर्षसम्मका सबै बालबालिकालाई निःशुल्क प्रवेश दिइनेछ ।

प्रतियोगिता अवधिभर दर्शकहरुको सुविधाको लागि रंगशाला परिसर भित्रै खाजाको व्यवस्था पनि गरिएको छ । यसका लागि शिवांश फुड एण्ड बेभरेज प्रालिसँग सम्झौता गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार