नेपालगञ्ज । प्रहरी कर्मचारीहरूको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन, शारीरिक तन्दुरुस्ती, आपसी सद्भाव र सामूहिक भावना विकास गर्ने उद्देश्यले आज बाँकेमा सामूहिक पदयात्रा सम्पन्न भएको छ। लुम्बिनी प्रदेश प्रहरी गण खजुराका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीको नेतृत्वमा ५५ जना प्रहरी कर्मचारीहरूको सहभागितामा सो पदयात्रा गरिएको हो। पदयात्रा बाँकेको नरैनापुर गाउँपालिका–५ स्थित धार्मिक तथा पर्यटकीय स्थल सन्तानेश्वर महादेव मन्दिरसम्म करिब १० किलोमिटर दूरीको रहेको थियो।