मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

तीज कार्यक्रममा रमाए निजामती युनियनका कर्मचारी

Ujyalosandeshonline 12431+ समाचार ( )
१७ भाद्र २०८१, सोमबार

भैरहवा । नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीले हरितालिका तीजको अवसरमा शुभकामना आदान-प्रदान तथा तीज मिलन कार्यक्रम गरेको छ । रुपन्देहीसहित विभिन्न जिल्लामा कार्यरत युनियनमा आबद्ध कर्मचारीको उपस्थितीमा तीज मिलन कार्यक्रम गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसको केन्द्रिय सदस्य गंगा शाहिले तीजलाई भड्किलो बनाउनु भन्दा पनि सामाजिक एकता, जागरण र अन्यायका विरुद्धमा शङ्खघोष गर्ने पर्वका रूपमा मनाउनु पर्नेमा जोड दिईन । उनले तीजलाई महिला सशक्तीकरणका साथै संस्कृति संरक्षण र मौलिकतामा बिशेष ध्यान दिन आग्रह गरिन् ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकालले नारी शक्तिलाई कुरिती र कुसंस्कारको बिषयमा आवाज उठाउन आग्रह गरिन् ।

कर्मचारी युनियनकी जानुका भण्डारीको सञ्चालन, महिला उपाध्यक्ष अनिता बिकको अध्यक्षता तथा मनिषा कार्कीर्को स्वागत भएको कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण, नेपाल निजामति कर्मचारी युनियनका पुर्व केन्द्रिय उपाध्यक्ष बिष्णु बहादुर रायमाझी, केन्द्रिय महासचिव जनक रावल, बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे, नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीका सभापती चक्रपाणी पाण्डे, केन्द्रिय सदस्य बिनोद अधिकारी, नविन पन्थी, प्रदेश सचिव भगवती पन्थी, ट्रेड युनियन रुपन्देहीका अध्यक्ष रमेश पाण्डे, निजामती युनियन स्वास्थ्यकर्मी युनियनका केन्द्रीय सदस्य लगायतले बोल्दै तीजलाई पुरानो सस्कृति र मौलिकता अनुरुप मनाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा रुपन्देहीमा छरिएर विभिन्न कार्यालयमा सेवा दिने राष्ट्रसेवक कर्मचारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । यस्तै कार्यक्रममा उत्कृष्ट नृत्य गर्ने ३ जनालाई पुरस्कार प्रदान गरिएको नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीका अध्यक्ष चक्रपाणी पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार