मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

मुस्ताङको घरपझोङमा साइकल तथा घोडा र्याली

Ujyalosandeshonline 12437+ समाचार ( )
१९ जेठ २०८२, आइतबार

जोमसोम । मुस्ताङको घरपझोङ गाउँपालिकाका धार्मिक, सांस्कृतिक एंव पर्यटकीय स्थलहरूमा साइकल तथा घोडा र्याली सम्पन्न भएको छ । ‘घरपझोङको समृद्धि, कृषि, पर्यटन र संस्कृति’ भन्ने नारासहित र्याली गरिएको हो । र्यालीमा नेपालका विभिन्न जिल्लाका करिब चार सय साइकल यात्री सहभागी रहेको आयोजक घरपझोङ गाउँपालिकाले जनाएको छ । त्यस्तै करिब २० वटा घोडा र्यालीमा सहभागी थिए ।

र्यालीका क्रममा यात्रीहरू विभिन्न धार्मिक, सांस्कृतिक तथा एतिहासिक ठाउँहरूमा पुगेका थिए । र्यालीमा सहभागीहरूका लागि ठाउँ(ठाउँमा स्वागत गरिएको थियो । सोमसोम बजारस्थित कबड हलको खेलमैदानबाट सुरू भएको र्याली ठिनी, ढुम्बा ताल, छैरो, चिमाङ, मार्फा, स्याङ गाउँ हुँदै जोमसोमस्थित गाउँपालिकाको कार्यालयमा पुगेर समापन भएको थियो ।

गाउँपालिकाले र्यालीपछि सहभागीलाई मायाको चिनोसहित सम्मान गरेको थियो । समापन कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधिहरू, प्रदेशसभा सदस्य, प्रमुख जिल्ला अधिकारी, जोमसोमस्थित सरकारी कार्यालयका प्रमुखहरू, साइकल यात्रीहरू तथा स्थानीयको उपस्थिति रहेको थियो ।

समापन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले हिमाली जिल्ला मुस्ताङमा पहिलोपटक भएको यो र्यालीले यहाँको पर्यटन विकासमा थप टेवा पुग्ने बताए । उनले उपस्थित सबैलाई धन्यवाद दिए । त्यस्तै आगामी दिनमा मुस्ताङमा अझै व्यापक साइकल र्याली गर्ने अध्यक्ष लालचनको भनाइ थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार