मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

विभिन्न पार्टी परित्याग गरी दिनेशमणि त्रिपाठीसहितका नेता–कार्यकर्ता राप्रपामा प्रवेश

Ujyalosandeshonline 11171+ समाचार ( )
१८ फाल्गुन २०८२, सोमबार

भैरहवा   राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूको प्रवेश गर्ने लहर चलेको छ। यसै क्रममा राष्ट्रिय मुक्ति पार्टीका पूर्व वरिष्ठ उपाध्यक्ष दिनेशमणि त्रिपाठीसहित अन्य दलका नेताहरू राप्रपामा प्रवेश गरेका छन्।

राप्रपाका रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणाका अनुसार, त्रिपाठीसँगै नेपाली कांग्रेसका पूर्व क्षेत्रीय उपसभापति बेचन गुप्ता, नेपाल लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य मोहम्मद इसहाक मुसलमान, र नेपाली कांग्रेसकी क्षेत्रीय सदस्य बसन्ती देवी गुप्ता राप्रपामा प्रवेश गर्नुभएको हो।

पार्टी प्रवेश गर्नेहरूमा अन्य प्रभावशाली नेता तथा स्थानीय व्यक्तित्वहरू समेत रहेका छन् राणाका अनुसार केन्द्रीय सदस्य, महिला विभाग (नेपाल लोकतान्त्रिक पार्टी) की शायरा सेख मुसलमान, सिद्धार्थनगर–८ बाट नाजिया खातुन, सहनाज सेख, मदिरुन निसा मुसलमान, शजिदा खातुन र सलमा धुनिया र सिद्धार्थनगर–४ बाट अन्जु कहार र राजमती कहारपनि राप्रपा प्रवेश गर्नुभएको छ ।

भव्य स्वागत कार्यक्रम नवागन्तुकहरूलाई जिल्ला अध्यक्ष राणा, राप्रपाका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार क्या. गौरव बोहोरा, समानुपातिक उम्मेदवार स्वाती थापा, अजय कुमार गुप्ता लगायतका नेताहरूले अबिर र खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो।

पार्टीमा बढ्दो आकर्षण पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेताहरूले राप्रपाको राष्ट्रवादी एजेन्डा र विकासप्रतिको प्रतिबद्धताका कारण अन्य दलका कार्यकर्ताहरूमा आकर्षण बढेको बताएका छन्। हिजो मात्रै पनि प्रजातान्त्रिक लोकतान्त्रिक पार्टीकी समानुपातिक उम्मेदवार बिमला विश्वकर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वडा नम्बर ३ का सभापति राजकुमार श्रेष्ठसहितको टोली राप्रपामा समाहित भएको थियो।

विभिन्न दलका प्रभावशाली व्यक्तिहरूको आगमनले आगामी निर्वाचनमा राप्रपाको उपस्थिति थप मजबुत हुने विश्वास लिइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार