मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

आगामी निर्वाचनमा पार्टीलाई बलियो शक्तिका रूपमा स्थापित गर्नुपर्छ : अध्यक्ष लिङ्देन

Ujyalosandeshonline 12431+ समाचार ( )
२९ पौष २०८२, मङ्गलबार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा पार्टीलाई बलियो शक्तिका रूपमा स्थापित गर्ने  बताउनुभएको छ । पार्टी कार्यालयमा आज आयोजित पार्टी एकीकरण कार्यक्रममा उहाँले विगतमा आफूहरूले उठाएको हिन्दू राष्ट्र, राजसंस्थालगायत मुद्दा अहिले सबैभन्दा लोकप्रिय अवस्थामा पुगेकाले पार्टीलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा जनताले अनुमोदन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सैद्धान्तिक रूपमा निकट रहेका अन्य राष्ट्रवादी शक्तिहरूसँग धुर्वीकरण हुने क्रम तीव्र रूपमा बढेर गएको बताउँदै अध्यक्ष लिङ्देनले विगतका चुनावमा राप्रपा अनेक खण्डमा विभाजित भएर गएको र आसन्न निर्वाचनमा पार्टी एकताबद्व भएर जाने उल्लेख गर्नुभयो । देशको इतिहास, सभ्यता र राष्ट्रिय एकताको पक्षलाई संरक्षणका लागि पार्टी प्रतिबद्ध रहेको बताउँदै अध्यक्ष लिङ्देनले पार्टी सङ्गठनलाई अझ सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले देशमा विद्यमान राजनीतिक अस्थिरता, अन्योलता समाधान गर्न सुशासन कायम गर्नुपर्ने विचार व्यक्त गर्दै त्यसका लागि आफ्नो पार्टीसक्षम रहेको दाबी गर्नुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार