मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

‘कथाभित्रका कथाहरूमा’ चेपाङ समुदायको कथा

Ujyalosandeshonline 11564+ समाचार ( )
१ माघ २०८०, सोमबार

काठमाडौं । कुनै समय म्यूजिक भिडियो निर्देशनमा स्थापित निर्देशक दीपेन्द्र केसी यतिबेला भने वृत्तचित्र ‘कथा भित्रका कथाहरुमा’ निर्माण गरेका छन् । गायक नविन के भट्टराईको ‘अलिकति पीडा’, डम्बर नेपालीको ‘टाढा नलैजाऊ’, हिमाल सागरको ‘मैले सोचे तिमीलाई’ जस्ता सफल म्यूजिक भिडियो बनाएका दीपेन्द्रले वृत्तचित्रमा चेपाङ समुदायको कथालाई समेटेका छन् ।

ओस्कार कलेजका विद्यार्थी दीपेन्द्रका अनुसार पशुपतिनाथको गौशालामा नियमित गइरहने दीपेन्द्रले त्यहाँ छाप्रोमा खाजा बेच्ने व्यक्तिलाई देखेपछि उनले वृत्तचित्र बनाउने योजना बनाएका थिए । ती व्यक्तिसँग उनको दैनिक जीवनबारे सोधखोज गरेपछि दीपेन्द्र चेपाङ समुदायमा पुगे ।

‘मैले के गर्ने भनेर अनुसन्धान गरेँ । चेपाङका बारेमा कमै कथाहरू भेटेपछि यसमै वृत्तचित्र बनाउने निर्णय लिएँ र सुरु गरे कथा भित्रका कथा’, उनले भने ।

मनहरी गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य विष्णुबहादुर प्रजाको सहयोगमा उनले वृत्तचित्र तयार पारेका छन् । उनको वृत्तचित्रमा चेपाङ जंगलमै किन बसिरहेका छन् ? उनीहरू किन अवसरका लागि सहर पस्दैनन् ? भन्ने कथा समेटिएको छ ।

दीपेन्द्रले यसको मोसन पोस्टर पश्चात टिजर सार्वजनिक गरेका छन् । वृत्तचित्रमा सन्तलाल चेपाङको कथा देखाइएको छ । ‘मैले यो कथालाई तीन सेड्युलमा खिचेका थिएँ । वृत्तचित्र खिचाइसँगै सन्तलालको जीवनसँग साक्षात्कार गर्ने मौका पनि पाएँ । 

उनीहरूको पीडालाई नजिकबाट बुझ्न पाएँु, दीपेन्द्र भन्छन्,‘मेरो चाहना नै उनीहरूको जीवन र समुदायमा बदलाव ल्याउनु हो । किनकि अहिलेको समयमा सहर नपसेर जङ्गलमै बस्नु रहर होइन ।’

मकवानपुरको मनहरी गाउँपालिकास्थित नयाँवस्तीमा खिचिएको वृत्तचित्रमा सन्तलालसँगै उनको परिवार फिचर्ड छन् । वृत्तचित्रमा दीपेन्द्रसँगै विनिता क्षेत्रीको निर्माण र बालकृष्ण खड्गीको सहनिर्माण छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार