मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

एसपी क्षेत्रीको पहल: रुपन्देही प्रहरी र युनिभर्सल अस्पतालबीच महत्त्वपूर्ण सम्झौता

Ujyalosandeshonline 12444+ समाचार ( )
२८ मंगशिर २०८२, आइतबार

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही र भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालबीच प्रहरी कर्मचारी तथा तिनका परिवारलाई स्वास्थ्य सेवामा विशेष सहुलियत प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको आयोजनामा एक कार्यक्रमका बीच कार्यालय प्रमुख प्रहरी उपरीक्षक प्रदीप बहादुर क्षेत्री र अस्पतालका चिफ फाईनान्स अफिसर सुरज पौडेल तथा प्रशासन संयोजक तेज बहादुर के.सीले दुई वर्षका लागि मान्य हुने गरी द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरी आदानप्रदान गर्नुभयो ।

सम्झौता अनुसार अब नेपाल प्रहरीका कर्मचारी र तिनका आश्रित परिवारले युनिभर्सल मेडिकल कलेजमा उपचार गराउँदा विशेष छुट तथा सहुलियत प्राप्त गर्नेछन् । सम्झौतामा प्रहरी कर्मचारीहरूको हात जोर्नी उस्किएमा वा सोसम्बन्धी आकस्मिक उपचार नि:शुल्क हुने व्यवस्था गरिएको छ । साथै, कारागारमा रहेका कैदी बन्दीहरूका लागि हरेक महिनाको १ गते र ३० गते तथा बाल सुधार गृहमा रहेका बालबालिकाहरूका लागि हरेक महिनाको १४ गते नि:शुल्क स्वास्थ्य जाँचको व्यवस्था गर्ने समेत सहमति भएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिनुभयो । प्रहरी प्रमुख क्षेत्रीको सकृयतामा भएको यो सम्झौताले प्रहरी कर्मचारी र उनीहरूको परिवारमा खुशियाली छाएको छ ।

सोही अवसरमा जिल्ला प्रहरी कार्यालय परिसरमा नि:शुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको थियो । बिहान सवा ९ बजेदेखि साढे ४ बजेसम्म सञ्चालित शिविरमा डा. संकेत माने, डा. प्रकाशमनि दाहाल, डा. राजु मुनानकर्मी, डा. अरुनिमा श्रीवास्तव र डा. मदन ढकाल लगायतको विशेषज्ञ टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । शिविरमा उच्च रक्तचाप, मधुमेह, नाक कान घाँटी, हाड जोर्नी तथा नशा रोग र स्त्री रोग लगायतका समस्याहरूको जाँच गरिएको थियो ।

उक्त स्वास्थ्य शिविरबाट जिल्ला प्रहरी कार्यालय तथा मातहतका युनिटमा कार्यरत सिनियर तथा जुनियर प्रहरी अधिकृतहरू, जवानहरू, प्रहरीका परिवारजन, सञ्चारकर्मीहरू तथा कार्यालयको हिरासतमा रहेका थुनुवाहरू समेत गरी जम्मा ३२१ जना लाभान्वित भएका छन् । प्रहरीको स्वास्थ्य र कल्याणकारी कार्यमा टेवा पुर्‍याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार