मुख्य समाचार
कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत |

पत्रकार सुरेश परियार नेपाल जेसिजको ‘उत्कृष्ट युवा पुरस्कार–२०२५’ बाट सम्मानित

Ujyalosandeshonline 12450+ समाचार ( )
६ पौष २०८२, आइतबार

बुटवल । रुपन्देहीलाई कार्यथलो बनाएर एक दशकभन्दा बढी समयदेखि सक्रिय पत्रकारिता गर्दै आएका पत्रकार सुरेश परियार राष्ट्रियस्तरको ‘उत्कृष्ट युवा पुरस्कार–२०२५’ बाट सम्मानित भएका छन् । नेपाल जेसिजको ५२ औं राष्ट्रिय महाधिवेशनको अवसरमा परियारलाई नगद, स्वर्ण पदक र सम्मान पत्रसहित पुरस्कृत गरिएको हो । देशभरबाट गरिएको छनोटका आधारमा ‘प्रशासन तथा प्रचार’ पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै नेपाल जेसिजले उनलाई एकल रूपमा यो विधाबाट छनोट गरेको थियो ।

महाधिवेशनको भव्य उद्घाटन सत्रमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो । विगत एक दशकदेखि रुपन्देहीमा रहेर निरन्तर पत्रकारिताका माध्यमबाट समाजको आवाज बुलन्द पार्दै आएका परियारलाई उनको मेहनत र क्रियाशीलताको कदर गर्दै पुरस्कृत गरिएको जेसिजले जनाएको छ ।

नेपाल जेसिजले हरेक वर्ष विभिन्न विधामा समाजका लागि विशिष्ट योगदान पुर्‍याउने युवाहरूलाई सम्मान गर्दै आएको छ । सोही परम्पराअनुसार यस वर्ष पत्रकारिता र प्रचार क्षेत्रबाट परियारलाई यो गरिमामय पुरस्कार प्रदान गरिएको हो । राष्ट्रियस्तरको स्वर्ण पदकसहितको यो पुरस्कारले आफूलाई पत्रकारिता कर्ममा थप जिम्मेवार र उत्साहित बनाएको परियारले बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार