मुख्य समाचार
नेपाली कांग्रेसद्वारा देशव्यापी ‘हामी तयार छौँ’ अभियान सञ्चालन हुने | रुपन्देहीमा सशस्त्र प्रहरीद्वारा ६ लाख बढीको अवैध सामान बरामद | कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ |

भोटेकोसी बाढीपीडितका लागि असरफी जामे मस्जिदद्वारा ७३ हजार सहयोग

Ujyalosandeshonline 12678+ समाचार ( )
२५ भाद्र २०८३, बिहीबार

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बसन्तपुरस्थित असरफी जामे मस्जिदले भोटेकोसी बाढीबाट प्रभावित पीडितहरूको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ७३ हजार ७ सय ८६ सहयोग प्रदान गरेको छ।

प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले मस्जिद परिवार तथा स्थानीय समुदायबाट संकलन गरिएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको हो।

मस्जिद व्यवस्थापन समितिका अध्यक्ष हाजी अलि जानले विपद्को कठिन घडीमा बाढीपीडितको सहयोगका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताउनुभयो। उहाँले सानो–ठूलो सहयोगभन्दा पनि विपद्मा पीडितसँग ऐक्यबद्धता जनाउनु मानवीय दायित्व भएको उल्लेख गर्नुभयो।

मस्जिदका सचिव हाजी ताहिर अलिले भोटेकोसी बाढीबाट प्रभावित नागरिकको पीडा कम गर्न सहयोग रकम प्रदान गरिएको बताउँदै राहत तथा उद्धार कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

विपद्बाट प्रभावित नागरिकको सहयोगका लागि स्थानीय धार्मिक तथा सामाजिक संस्थासमेत सक्रिय भइरहेका बेला असरफी जामे मस्जिदले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग उपलब्ध गराएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार