मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

संघीय लोकतान्त्रीक गणतन्त्रको रक्षाँ गर्ने माओवादी केन्द्रले नै हो : प्रचण्ड

Ujyalosandeshonline 12431+ समाचार ( )
८ जेठ २०८२, बुधवार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रीक गणतन्त्र धरापमा रहेको र त्यसको रक्षाँको जिम्मेवारी माओवादी केन्द्रको भएको बताएका छन् । मध्य पहाडी लोकमार्ग अभियान अन्तर्गत रूकुम पश्चिमको चौरजहारीमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रचण्डले एउटा नयाँ संघर्ष सुरु भएको भन्दै गणतन्त्र धरापमा पार्ने षणयन्त्र भईराखेको बताएका हुन् । 

उनले भने, ‘फेरी एउटा नयाँ वहस, फेरी एउटा नयाँ संघर्ष सुरु भईसकेको छ हामीले रगत बगाएर ल्याएको संघीय लोकतान्त्रीक गणतन्त्र धरापमा पार्ने षणयन्त्र भईराखेको छ । यसको रक्षाँ गर्ने जिम्मा यसको निर्माण गर्नेहरुको काधमा नै मूख्यरुपमा हुन्छ जसले संघीय लोकतान्त्रीक गणतन्त्र भनेर महिला, उत्पिडीत वर्गको पहिचान दियो   यसलाई जन्म दियो । त्यसको रक्षा गर्ने जिम्मेवारी पनि माओवादी केन्द्र कै हुन्छ । माओवादी केन्द्रले त्यो हिम्मत गरेन भने यो सम्पूर्ण व्यवस्था कोल्याप्स हुने खतरा हुन पनि सक्छ ।’

उनले संघीय लोकतान्त्रीक गणतन्त्र जनताको गणतन्त्र बन्ने हो कि दलालहरु, नोकरशाहहरु, गणतन्त्र हुने भन्ने बैचारिक लडाई सुरु भएको बताए । ‘संघीय लोकतान्त्रीक गणतन्त्र महिला, दलित, आदिवासी, जनजाती, मजदुर किसान मधेशी, मुस्लिम, थारु सबैको हित संरक्षण गर्ने जनताको गणतन्त्र बन्ने हो कि यो दलालहरु, नोकरशाहहरु, बिचौलियाहरु, जाली भटाहाहरुको गणतन्त्र हुने हो भन्ने लडाई अहिले देशमा बैचारिकरुपले गर्न सुरु गरिसकेको छ,’ उनले भने । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार