मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

खेर गएको स्याउका विभिन्न परिकार बनाउँदै मुगुका कृषक

Ujyalosandeshonline 11540+ समाचार ( )
१० अशोज २०८१, बिहीबार

मुगु । मुगुका कृषक खेर गएको स्याउबाट विभिन्न परिकार बनाएर सदुपयोग गर्न थालेका छन । स्याउ उत्पादनको लागी निकै सुहाउँदो हावापानि भएको जिल्ला हुदा पछिल्लो समयमा गाँउ गाँउमा सडक सञ्जाल  जोडीएपछि  मुगुका कृषकहरु खेर गएको स्याउबाट विभिन्न परिकार बनाउन थालेका हुन् ।

उत्पादन गरेका ठूला राम्रा स्याउ खेर जान थालेपछि कृषकहरु मारमा परेका थिए । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वन ईकाईबाट पोष्ट हार्भेष्ट तथा फलफुल प्रशोधन तालिम पाएपछि  खेर जाने स्याउबाट विभिन्न प्रकारका बस्तुहरु बनाउन थालेका हुन् ।

लामो समयदेखी स्याउ खेती गरी राम्रो ठूला दाना भएको स्याउ बगैचाबाट बिक्री हुने गरेको थियो । साना दाना लागेका स्याउहरु केही बगैचाबाटै खेर जाने र केही घरमा ल्याएर गाई,भैसीलाई खुुवाएर खेर जाने गरेको स्थानिय जस बहादुर बुढाले बताए । 

प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजनाले खेर जाने स्याउ लगायत अन्य फलफुलहरुको सदुपयोग गर्नको लागी पोष्ट हार्भेष्ट तथा फलफुल प्रशोधन तालिम दिएपछि अहिले खेर जाने स्याउ तथा अन्य फलफुलबाट जान, जेली, साईटर, जुस, चाना ,भुजा बनाएर सिप सिकेर यो बर्ष धेरै खेर गएका स्याउ तथा अन्य फलफुलहरु राम्रो आम्दानिको स्रोत बन्नुका साथै धेरै जनाले रोजगारी पाएको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ५ का स्याउ कृषक बुढाले बताए ।

मुगुमा बिगत लामो समयदेखी कृषकहरुले स्याउ खेति गर्दै आईरहेको भए पनि पछिल्लो समयमा सडक सञ्जालको राम्रो पहँुच पुग्दा ब्यापारीहरु कृषकको बगैचामा आएर राम्रो ए, बि ग्रेड स्याउ खरिद गरि लिने गरेको प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजनाका प्रमुख तेज बिक्रम मल्लले बताए ।

सी,डी ग्रेडका स्याउ बिक्री नभएर खेर जाने कृषकको ब्यापक गुनासो अनुसार आम्दानिको स्रोत बनाउनको लागी कार्यालयको बार्षिक कार्यक्रम अनुसार पोष्ट हार्भेष्ट तथा फलफुल प्रशोधनले तालिम दिएपछि कृषकहरुको थप आम्दानि बढ्नुका साथै यो बर्ष १८ जना कृषकहरुलाई जाम, जुस, जेली, साईटर, चाना बनाउने सिप सिकाइएको  छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार