मुख्य समाचार
कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक |

चाडपर्वमा गुनासो सुन्न रौतहटमा नागरिक सहायता कक्ष संचालन

Ujyalosandeshonline 12676+ समाचार ( )
६ अशोज २०८२, सोमबार

रौतहट । हिन्दुहरुको महान पर्व दशैं–तिहार तथा छठ पर्वलाई लक्षित गरेर यात्रुहरुका समस्या समाधानको लागि रौतहटमा नागरिक सहायता कक्ष संचालनमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यलय र  ट्राफिक प्रहरी कार्यालय सयुक्त रूपमा चन्द्रनिगाहपुर , गरुडा, गौर लगायतका विभिन्न स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको हो ।

चाडपर्वको समयमा यात्रुको सहज यात्रा, सम्भावित आपराधिक क्रियाकलाप नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले  नागरिक सहायता कक्ष संचालनमा ल्याइएको प्रहरीले जानकारी दिएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले चाडपर्वको समयमा बिभिन्न तरीकाले यात्रीहरु ठगिने गरेको भन्दै त्यस्तो हुन नदीनको लागि रणनीति तयार गरेर नागरिक सहायता कक्ष स्थापना गरिएको बताए । उनका अनुसार यात्रीले यात्राका क्रममा कुनै पनि गुनासो गर्नुपर्ने भएमा तुरुन्त यो कक्षमा सम्पर्क राख्न सक्नुहुनेछ। यातायात व्यवसायीले यात्रीलाई बढी भाडा लिने, बढी यात्री र सामान राख्ने लगायतका गल्ती गरेको पाईएमा तुरुन्त कारबाही हुने उनले जानकारी दिए । 

चाडपर्वको बेलामा हुन सक्ने  सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्धेश्य पनि रहेको प्रहरी निरीक्षक अधिकारीले बताए । यो अवधिमा प्रहरीले ओभरलोड, मादक पदार्थ सेवन र नागरिकले राखेका समस्या तथा गुनासाहरु, नियमानुसार यात्रु ब्यवस्थापन लगायतका ट्राफिक नियमका क्षेत्रलाई कडा निगरानीका साथ कार्यन्वयन गरिने जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक नेत्रमणि गिरीले चाडपर्व सुरक्षा योजना लागु गरिएको बताए । 

बडादशैं, तिहार, छठ पर्वलाई लक्षित गर्दै सीमा क्षेत्रबाट हुने अबैध ओसारपसार, अबैध मदिरा भठि तोडफोड, अपराधिक गतिविधि, लुटपाट, चोरी, झै झगडा, सवारी चेकजाँच लगायतका कार्यलाई तिव्रता दिएको उनको भनाई छ ।   नेपाल प्रहरीको मुलमन्त्र अनुसार कडाईका साथ पालना गर्न÷गराउने कार्यमा सक्रिय भएर लागि परेको उनले बताए । 

चाडपर्व सुरक्षा योजना अन्तर्गत पर्वमा व्यस्त सर्वसाधारणलाई कुनै किसिमको अवाञ्छित कार्य हुन नदिन जिल्ला प्रहरी कार्यालय सहितका हरेक युनिटहरु र मातहतका क्षेत्रमा गस्ती कार्य बढाईएको उनले जानकारी दिए । बडा दशैं सुरु भए संगै शहर तथा गाउका बजारमा चहलपहल देखिन थालेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार