मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

प्रधानमन्त्री कप :
कर्णालीका दिपेन्द्रको अगाडी निरिह बन्यो सुदूर पश्चिम

Ujyalosandeshonline 11566+ समाचार ( )
२५ फाल्गुन २०८१, आइतबार

भैरहवा ।  प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले सहज जित निकालेको छ । दाङ्ग लमहीको देउखुरी क्रिकेट रङ्गशालामा आईतबार भएको पहिलो खेलमा कर्णालीले सुदूर पश्चिमलाई ७९ रनको अन्तर सहित सहजै पराजित गरेको छ ।

१५६ रनको लक्ष्य सहित मैदान छिरेको सुदुरपश्चिम प्रदेशलाई २१ ओभरमा ७६ रनमै अलआउट गर्दै कर्णालीले जित निकालेको हो । सुदूरपश्चिमका प्रदेशका लागि खडक बोहराले सर्वाधिक २७ रन, किरण ठगुन्ना र शेर मल्लले समान १३/१३ रन बाहेक अन्यले उल्लेखनिय प्रदर्शन गर्न सकेनन । 

बलिङ्गमा कर्णाली प्रदेशका ९ ओभर बलिङ्ग गर्नुभएको दिपेन्द्र रावतले ३ मेडेन सहित ३३ रन खर्चिएर कोशीको महत्वपूर्ण ७ वटा विकेट लिए । यस्तै दिवन पुनले २ विकेट लिए । 

यस अघि टस जितेर कर्णालीले ब्याटिङ्ग रोजेको थियो । ढिलो भएको कारण ४३ ओभरमा झारिएको खेलमा ३६ दशमलव १ ओभरमै कर्णालीले आफ्नो सबै विकेट गुमाउदै १५५ रन बनाएको थियो । उसका लागि अर्जुन घर्तिले ७१ रन बनाए ।  यस्तै दिनेश अधिकारीले १७ र दिवस पुनले १२ रनको योगदान गरे । 

बलिङ्ग तर्फ सुदूरपश्चिमका हेमन्त धामीले ४ विकेट, नारायण जोशीले २ विकेट र शेर मल्ल, मिलन बोहरा, भोजराज भट्टले समान १/१ विकेट बाडे ।

७  विकेट लिएर कर्णालीका दिपेन्द्र रावत खेलको म्यान अफ द म्याच घोषित भए । देउखुरी क्रिकेट रङ्गशालामा सोमबारको खेल गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश बिच हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार