भैरहवा । नेपाली काँग्रेसका नेताहरूले पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्नेमा जोड दिएका छन्। सिद्धार्थनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा वक्ताहरूले गुट–उपगुटको अन्त्य गर्दै संगठनलाई बलियो बनाउनुपर्ने बताए। पूर्वगृहमन्त्री बालकृष्ण खाणले काँग्रेसलाई समयअनुसार रूपान्तरण गर्दै युवा नेतृत्वले सही गन्तव्यमा पुर्याउनुपर्ने धारणा राखे।
नवनिर्वाचित केन्द्रीय सदस्य सुशील गुरुङले आपसी समझदारी र सहकार्यले मात्र नागरिकको विश्वास जित्न सकिने बताए।कार्यक्रममा जिल्ला सभापति रामकृष्ण खाण, विभिन्न क्षेत्रका सभापतिहरू, नगरप्रमुख तथा उद्योगी–व्यवसायीहरूले बदलिँदो राजनीतिक परिवेशमा नागरिकका अपेक्षा सम्बोधन गर्न र निजी क्षेत्रका समस्या समाधानमा दलहरू गम्भीर हुनुपर्नेमा जोड दिए।