मुख्य समाचार
सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती |

कानुन अभावमा प्रदेश सरकार अलमलियोः सिटौला

Ujyalosandeshonline 12433+ समाचार ( )
२५ पौष २०८०, बुधवार

विराटनगर । नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौलाले आवश्यक कानुनको अभावमा प्रदेश सरकार अलमलमा परेको बताएका छन् । 

पार्टीको मोरङ जिल्ला कार्यसमितिले विराटनगरमा बुधबार आयोजना गरेको गठबन्धनका उम्मेदवारसितको भेटघाट तथा परिचयात्मक कार्यक्रममा नेता सिटौलाले प्रदेश सरकार नाम मात्रको सरकार भएको टिप्पणी गरे । 

संविधानले शान्ति सुरक्षाको जिम्मा प्रदेश सरकारलाई दिए पनि अहिलेसम्म प्रदेश सरकारलाई आवश्यक पर्ने संरचनाका लागि कानुन बनाएर नदिएकै कारण समस्या निम्तिएको उनको भनाइ थियो । 

‘अहिले प्रदेश सरकार महाअलमलमा छ । संविधानले त संघीय, प्रदेश र स्थानीय सरकारको आ–आफ्नो जिम्मेवारी र कर्तव्य तोकेको छ । हालसम्म संघीय सरकारले प्रदेश सरकारलाई आवश्यक पर्ने कानुन बनाएर दिन सकेको छैन । त्यही भएर हालसम्म प्रहरी समायोजन हुन सकेको छैन,’ उनले भने, ‘संविधानमा लेखेअनुसारका व्यवहारमा लागू गर्न नसक्दा शिक्षा, स्वास्थ्य जताततै अराजकतै अराजकता देखिएको छ ।’ 

आफूले शान्ति प्रक्रियादेखि संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले राष्ट्रियसभामा गएर कार्यान्वयनमा पनि भूमिका खेल्ने उनको प्रतिबद्धता थियो । 

कार्यक्रममा गठबन्धनकी साझा उम्मेदवारसमेत रहेकी माओवादी केन्द्रकी नेतृ चम्पादेवी कार्कीले लोकतन्त्र र गणतन्त्रका लागि ज्यानको परवाह नगरी आन्दोलनमा होमिएको बताइन् । उनले अवसर प्राप्त भएमा संविधान कार्यान्वयनमा इमान्दारिताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरिन् । 

कार्यक्रममा कांग्रेसका पूर्वउपसभापति विजयकुमार गच्छदार, केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, भीम पराजुली, प्रदेश सभापति उद्धव थापा, मुख्यमन्त्री केदार कार्की, एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य महेश रेग्मी, माओवादीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ, कांग्रेसका मोरङका कार्यबाहक सभापति भक्तिनाथ माझीलगायतको सहभागिता थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार