मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

हिन्दु राष्ट्र घोषणाको माग गर्दै राप्रपा मकवानपुरले गर्यो विरोध प्रदर्शन

Ujyalosandeshonline 12431+ समाचार ( )
१७ चैत्र २०८१, सोमबार

मकवानपुर  । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा मकवानपुरले मकवानपुरको हेटौंडा–१० मा रहेको सीमाचोकमा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागीहरूले नेपालमा राजा स्थापित हुनुपर्ने र नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग राखेका थिए ।

कार्यक्रममा राप्रपा मकवानपुरका कार्यभाग अध्यक्ष सागर थापाले काठमाडौंमा भइरहेको शान्तिपूर्ण आन्दोलनमा सरकारले प्रहरी दमन गरेको आरोप लगाए । उनले सरकारले नेपाली जनतालाई मार्ने बाहेक अरू केही नगरेको बताए । ‘सरकारले जुन क्रियाकलाप गरेको छ, त्यसको विरोधमा हामीले आज यो प्रदर्शन आयोजना गरेका हौँ,’उनले भने ।

थापाले यो शान्तिपूर्ण विरोध भएको र आजदेखि थप आन्दोलनको तयारी हुने जानकारी दिए । काठमाडौंमा पत्रकारको मृत्युको घटनामा पनि प्रहरीको गल्ती रहेको उनको दाबी थियो । प्रदर्शनमा राजावादी समर्थकहरुको उल्लेख्य उपस्थिति थियो, र उनीहरूले राजाको समर्थनमा र सरकारको विरोधमा नारा लगाएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार