मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भव : संयोजक दाहाल

Ujyalosandeshonline 12431+ समाचार ( )
२ पौष २०८२, बुधवार

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्प भएको बताउनुभएको छ । आज महोत्तरीको गौशाला नगर कमिटीद्वारा आयोजित स्व नेता काशी महतोको श्रद्धाञ्जलीसभामा संयोजक पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका दाहालले चुनावका लागि पार्टीका सम्पूर्ण कार्यकर्तालाई तयारीमा जुट्न निर्देशन दिनुभयो ।

“देशलाई स्थिरता र निकास दिन अब चुनावको तयारी अपरिहार्य भइसकेको छ”, उहाँले भन्नुभयो, “निर्वाचन हुने कुरामा कोही कसैले सन्देह लिनुपर्दैन ।”सोही कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले स्वर्गीय नेता काशी महतो सबैका प्रेरणाका स्रोत रहेको बताउनुभयो । उहाँले जनकपुरको एकता सन्देशसभामा काशी महतोको योगदान अविस्मरणीय रहेको बताउनुभयो । नेता महतोको गत मङ्सिर २२ गते हृदयघातका कारण मृत्यु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार