मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

केपी ओली सत्ताको दुरुपयोग गरेर तानाशाह बन्न खोजिरहेका छन् : भीम रावल

Ujyalosandeshonline 11564+ समाचार ( )
१७ पौष २०८१, बुधवार

काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले ठूला भनिएका दलहरु सिद्धान्त हिन बन्दै गैइरहेको बताएका छन् । उनले बुधबार पत्रकार सम्मेलन गर्दै ठूलादलहरु गन्तव्यहिन, आर्दशहिन बाटोतर्फ गैइरहेको बताएका हुन् ।

उनले भने, ‘ठूला भनिएका दलहरु सिद्धान्तहिन, गन्तव्यहिन र आर्दशहिन बाटोमा लागेका छन् । जसरी जो सँग भएर मिलेर  पनि पद, हत्याउने होड बाजी चलिरहेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध कुटनीति अत्यन्त फितलो र लज्जासपद बनाइएको छ ।’

यसैगरी उनले असमान सन्धि सम्झौंताको भारी निरन्तर बढ्दै गैइरहको  बताए । उनले राष्ट्रिय सम्पति र सिमा धेरै नै असुरक्षित बनिरेको पनि बताए ।

उनले एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली सत्ताको दुरुपयोग गरेर तानाशाह बन्न खोजेको आरोप लगाएका छन् । उनले आफूले पाँच दशक सम्म काम गरेको एमालेमा केपी ओलीबाट भएको क्रियाकलापको विरोध गरेको स्मरण गराए। उनले देश र जनताको सर्वोपरि हितको लागि आफू वैकल्पिक बाटो हिँड्न बाध्य भएको बताए ।

उनले भने ,‘सत्तामा हालीमुहाली गर्ने भनिएकाहरू नै हस्तक्षेप गर्ने उपकरण बनेका छन्,भाडाका सिपाही, श्रमिक, सुसारे, सेवक भएर विदेशमा पसिना बगाउन थुप्रै नेपाली बाध्य भइरहेका छन् ।’

उनले एमालेमा विभाजन गर्न खोज्नेहरुलाई मात्रै ओलीले अवसर दिएको तर पार्टी बनाउनेहरुलाई सदस्यबाट निकाल्ने काम गरेको भन्दै आक्रोश पोखे । उनले आफूलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय केपी ओलीले आफूप्रति गरेको चरम प्रतिशोध भएको स्पष्टपारे ।

उनले भने, ‘मेरो ४९ वर्षको पार्टी सदस्यता खोस्ने र ५१ वर्षको राजनीतिक जीवन समाप्त गर्न खोज्ने, पार्टीले प्रतिक्रियावादी र देशद्रोही भनिएकाहरू भ्रष्ट, अनैतिक, विचौलिया र दलालहरू सँग साँठगाँठ गरी केपी ओलीले देशमा के सुशासन र समाजवाद ल्याउन खोजेको भनेर पत्याइदिनुपर्ने हो र?’साथै उनले एमाले अध्यक्ष केपीशर्मा ओली प्रति आक्रोश पोख्दै झुटा कुरामा लत बसेको आरोप लगाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार