यती एयरलाइन्सले मंगलबारदेखि भैरहवा–पोखरा उडान गर्दै, भाडा २५ सय मात्र

Ujyalosandeshonline 11543+ समाचार ( )
२६ कार्तिक २०८१, सोमबार

भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यति एयरलाइन्सले दैनिक भैरहवा–पोखरा–भैरहवा एक उडान गर्ने भएको छ ।

भैरहवा विमानस्थलमा यात्रुहरुको संख्या वृद्धिमा टेवा पुर्याउने उद्देश्यले उडान सुरु गर्न लागिएको यति एयरलाइन्सले जनाएको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा–पोखरा उडानले दुवै क्षेत्रको पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्नेछ ।

एयरलाइन्सको विमान भैरहवाबाट पोखराका लागि ११ः०५ बजे र पोखराबाट भैरहवाका लागि ११ः४५ उडान भर्ने तालिका छ । उक्त रुटको एकतर्फी हवाई भाडा २ हजार ५ सय रुपैयाँ कायम गरिएको यती एयरलाइन्सले जनाएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार