मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

एनआरटी र एपीएफ मकवानपुर गोल्डकपको उपाधिका लागि प्रतिस्पर्धा गर्दै

Ujyalosandeshonline 11171+ समाचार ( )
२७ माघ २०८०, शनिबार

मकवानपुर । छैठौँ संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०८०(मकवानपुर गोल्डकप फुटबल) प्रतियोगिताको फाइनल खेल आज हुँदै छ । प्रतियोगिताको उपाधिका लागि काठमाडौंको न्युरोड टिम (एनआरटी) र सशस्त्र प्रहरी बल (एपीएफ)ले प्रतिस्पर्धा गर्दैछन् । खेल दिउँसो १ बजे  हेटौंडा–६ स्थित गौरीटार रंगशालामा सुरु हुनेछ । 

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन गरिएको खेलमा बुधबार पहिलो सेमिफाइनलमा धनकुटाको राजारानी क्लबलाई टाइबे्रकरमा १७–१६ गोल अन्तरले हराउँदै एनआरटी फाइनलमा प्रवेश गरेको थियो । यस्तै, बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा सर्लाहीको बागमती क्लबलाई ४–० गोलले हराउँदै एपीएफले फाइनलमा स्थान पक्का गर्यो । 

एनआरटीका टिम कोच जीवन सिंहले निकै प्रतिस्पर्धात्मक अवस्थामा पनि जित निकालेको भन्दै खेलाडीहरुले उपाधि प्रतिस्पर्धामा राम्रो प्रदर्शनी गर्ने बताए । 

पहिलो खेलबाटै खेलाडीहरुले राम्रो प्रर्दशन गरिरहेको उल्लेख गर्दै आजको फाइन खेलमा पनि खेलाडीहरु परिवर्तन नगर्ने बताए ।सेमिफाइन खेलमा भएको रोमाञ्चक प्रतिस्पर्धाबाट आफूहरुले नयाँ अनुभव बटुलेको सिंहको भनाई छ । 

 यस्तै, एपीएफका टिमकोच सुमन श्रेष्ठले आफ्नो टोलीले छोटो समयमा प्रतियोगितामा सहभागी भएर फाइनमा प्रवेश गर्न सफल भएकोमा खुशी व्यक्त गरे । 

प्रतियोगितामा सहभागी हुनुअघि खेलाडीहरुलाई राम्ररी प्रशिक्षण दिन नपाएको बताएका उनले  फाइनलमा पनि उपाधि जित्ने गररुी प्रतिस्पर्धा गर्ने बताए । 

प्रतियोगिताको उपाधि विजेता टिमले १५ लाख रुपैयाँ र उपविजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ३ सय ५० सीसीको बुलेट बाइक प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडीहरुलाई २५–२५ हजार रुपैयाँले सम्मान गरिने आयोजकले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार