मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

उमाकुण्ड गाउँपालिकामा उँभौली पर्व मनाइँदै, दुई दिन सार्वजनिक बिदा

Ujyalosandeshonline 12431+ समाचार ( )
२९ वैशाख २०८२, सोमबार

रामेछाप । किराँत समुदायको मुख्य पर्व स्याँदर पिदार मनाउन रामेछापको उमाकुण्ड गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ । किराँत लगायत अन्य समुदायले मनाउने स्याँदर पिदार अर्थात् उँभौली पर्व मनाउन बैशाख ३० र ३१ गते सार्वजनिक बिदा दिइएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितबहादुर श्रेष्ठले आइतबार एक सूचना प्रकाशन गरी उमाकुण्ड गाउँपालिकामा किराँत लगायत अन्य समुदायले मनाउने उँभौली पर्व (स्याँदर पिदार) को अवसरमा वैशाख ३० र ३१ गते दुई दिन स्थानीय पर्व बिदा दिएको जानकारी गराएका छन् । 

उँभौली किराँतहरू सुनुवार, राई, लिम्बु र याक्खा जातिको महान् चाड हो । उँभौली पर्वको रूपमा रहेको किरातहरूको यो महत्त्वपूर्ण चाड वसन्त ऋतुमा बालीनाली राम्रो होस्, सबैमा सुख शान्ति सुस्वास्थ्य रहोस् र दैविप्रकोप तथा विपत्तिहरू नआउन् भनि पूजा गर्ने प्रचलन छ । यो प्रकृति पूजा गरी मनाइने पर्व हो । यस पर्वमा सुनुवार र राईहरू साकेला÷सखेवा सिली नाच नाच्छन् भने लिम्बु र याक्खाहरूले च्याब्रुङ नाच नाच्ने गर्दछन् । रामेछापको उमाकुण्ड गाउँपालिकामा सुनुवार समुदायको बाहुल्यता रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार