मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

लुम्बिनीकाे महत्त्व विश्वभर फैलाउन सञ्चार क्षेत्रकाे भूमिका अपरिहार्य : मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 11564+ समाचार ( )
१८ जेठ २०८२, शनिबार

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीकाे महत्त्व अन्तर्राष्ट्रिय स्तरमा फैलाउन सञ्चार माध्यमहरूले महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनु भएको छ । शनिबार लुम्बिनी मा आयोजित टेलिभिजनहरूकाे प्रथम राष्ट्रिय कार्यशालाकाे उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी देवभूमि, तपोभूमि र ज्ञानभूमि भएकाले यसकाे गहिराे प्रचारप्रसारमा सञ्चार क्षेत्रले अझ सक्रियता देखाउनुपर्ने बताउनु भयाे ।

`लुम्बिनी देवभूमि हाे । ज्ञानभूमि हाे । तपोभूमि हाे । यसकाे महत्त्व विश्वभर फैलाउन जरुरी छ । यसका लागि सञ्चार माध्यमहरूकाे भूमिका अत्यन्तै महत्वपूर्ण रहन्छ,´मुख्यमन्त्री आचार्यले भन्नु भयाे-`लुम्बिनी प्रदेशकासमग्र क्षेत्रकाे विषयमा चर्चा परिचर्चा हुन जरुरी छ । विश्वकाे ध्यानाकर्षण गराउन मिडिया क्षेत्रकाे योगदान अनिवार्य हुने भएकाले सबै मिलेर अघि बढ्न जरुरी छ ।´

मुख्यमन्त्री आचार्यले मुलुक बनाउन सबै नागरिकले आफ्नो ठाउँबाट योगदान दिनुपर्ने बताउनु भयाे ।`लुम्बिनीकाे विकास र समृद्धिकाे लागि सञ्चार क्षेत्रबाट अहिलेसम्म उल्लेखनीय भूमिका निर्वाह भएकाे छ । म यसकाे प्रशंसा गर्दछु,´उहाँले भन्नुभयाे-`समाजमा सकारात्मक सोचको विकास गर्न आवश्यक छ । यसमा मिडियाले अझ प्रभावकारी भूमिका खेल्नुपर्छ ।´

सरकारका काममा स्वस्थ आलोचना हुनु जरुरी भए पनि राम्रो कार्यहरूलाई अन्देखा नगर्न आग्रह गर्नु भयाे ।`सरकारका कमजोरी छन् भने त्यसकाे स्वस्थ आलोचना गर्नुस् । तर, सरकारकाे राम्राे काम हुँदा पनि अन्देखा गर्नुहुन्न,´मुख्यमन्त्री आचार्यले भन्नुभयाे,`लुम्बिनी बनाउने काम कुनै अलाैकिक शक्ति आएर हुने हाेइन। लुम्बिनी बनाउने जिम्मेवारी भनेकाे तपाई हामी सबैकाे हाे ।´

सञ्चार माध्यमको सहयोगबिना लुम्बिनीकाे प्रचारप्रसार विश्वव्यापी बन्न नसक्ने उल्लेख गर्दै उहाँले पर्यटन क्षेत्रका खबरहरू जनजनका कानमा पुर्‍याउन सञ्चार माध्यमले अझ सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिनुभयाे ।

त्यसैगरी, मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशबाट टेलिभिजन र रेडियाे दुवैकाे नविकरण प्रक्रिया अघि बढाउन संघीय सरकारसँग समन्वय भइरहेकाे जानकारी दिनुभयाे ।`प्रदेशमा मिडिया दर्ता भइरहेका छन् । अब नविकरणको काम पनि प्रदेश तहबाट गर्न सकिने विषयमा संघीय सरकारसँग समन्वय भइरहेकाे छ´ उहाँले भन्नुभयाे,`यसकाे निकास पनि छिट्टै निस्कने छ ।´

`समृद्धिका लागि सञ्चार´ नारासहित आयाेजना गरिएको टेलिभिजनहरूकाे प्रथम राष्ट्रिय कार्यशालामा राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीका अध्यक्ष नरेश केसीकाे अध्यक्षता तथा मुख्यमन्त्री आचार्यकाे प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री, वर्तमान मन्त्रीहरू, संघीय सांसद, प्रदेश सांसद, देशभरका टेलिभिजन सञ्चालकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार