मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

प्रधानमन्त्री एवं पूर्वप्रधानमन्त्रीहरुलाई कारवाहीको माग गर्दै प्रदर्शन

Ujyalosandeshonline 12431+ समाचार ( )
२० पौष २०८०, शुक्रबार

वीरगञ्ज । भ्रष्टाचारविरुद्ध मानव अधिकार तथा शान्ति समाजले वीरगञ्जमा प्रदर्शन गरेको छ । समाजको २६ औं राष्ट्रिय परिषद् बैठक शुरु हुनुअघि शुक्रबार दिउँसो भ्रष्टाचारविरुद्ध प्रदर्शन गरिएको हो । प्रदर्शनमा एनसेल घोटाला प्रकरणको विश्वसनीय र न्यायिक छानविन आयोग गठन हुनुपर्ने र उक्त प्रकरणमा संलग्न प्रधानमन्त्री एवं पूर्वप्रधानमन्त्रीहरुलाई कारवाही गर्नुपर्ने माग गरिएको थियो ।

प्रदर्शनमा ‘एनसेल महाघोटालाः राज्य विरुद्ध अपराध हो, देशलाई झण्डै तीन खर्ब रुपैंयाँ हानी पुर्याउने चलखेल राज्यविरुद्ध अपराध हो, सुन काण्डको मूल नाइकेलाई कारबाही खोइ?, नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषिलाई कारबाही खोइ ?, अदालतको आदेश बमोजिम बालुवाटार जग्गा घोटालामा पूर्व प्रधानमन्त्री माधव नेपालमाथि छानविन खोइ ?, अदालतको आदेश बमोजिम बालुवाटार जग्गा घोटालामा पूर्वप्रधानमन्त्रीहरुमाथि छानविन खोइ ?’ भन्दै प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, संस्थापक सदस्य कृष्ण कँडेल, पुर्वसभापतिहरु होमकान्त चौलागाई र डा.गंगाधर अधिकारी, सल्लाहकारहरु उत्तम पुडासैनी र गोविन्द खनाल, वरिष्ठ उपसभापति कृष्णबहादुर रावल, उपसभापति राजेन्द्र पौडेल, महासचिव रेनुका पौडेल लगायत वीरगञ्जका नागरिक समाजका सदस्यहरु गरि सयौँको सहभागिता थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार